logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लैगिङ हिंसा बिरुद्धको १६ दिने अभियान दिप प्रज्वलन गरी उदघाटन


  • जन आकाश
  • शनिबार, मंसिर १० २०७९

रामेछाप । रामेछाप नगरपालिकाले नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म अन्तराष्ट्रिय लैगिङ हिंसा बिरुद्धको १६ दिने अभियान मनाएको छ । उक्त अभियान बिभिन्न क्षेत्रका सम्बन्धित, सरोकार मानुभावहरुको उपस्थितिमा संयुक्त रुपमा दिप प्रज्वलन गरी मनाइएको थियो ।
सोही अवसरमा अन्र्तक्रिया गरी महिला सशस्तिकरण गर्ने र महिला, बालबालिकाले विगतमा भोक्नु परेका समस्या र आउदा दिनमा गर्नुपर्ने महिला बालबालिकाको क्षेत्रमा गर्नुपर्ने कामको रामेछाप नगरपालिकाकी महिला विकास शाखा निरिक्षक सरिता बुढाथोकीले पेस गरेकी थिइन ।
मंसिर ९ गते रामेछाप नगारपालिकामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा नगरपालिकाका मेयर लवश्री न्यौपाने, उपमेयर बाला कुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल रामेछाप बिजनेस एण्ड प्रोफेशनल ओमनका पदाधिकारीहरु, लैगिङ हिंसा बिरुद्धका अभियान्ताहरु लगायतले आ–आफ्नो धारणा राखेका थिए । र सोही दिनको बेलुका संयुक्त दिप प्रज्वलन गरेका हुन् ।



कार्यक्रमको सञ्चालन रामेछाप नगरपालिकाकी महिला, बालबालिका शाखाकी सरिता बुढाथोकीले गरेकी थिइन । उक्त दिनलाई अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको अभियान मनाउने गरिएको छ । सो दिनलाई रामेछाप नगरपालिकाले महिला, बालबालिका, अपाङग, जेष्ठ नागरिकको क्षेत्रमा उल्लेखनिय काम गर्नुपर्ने भन्दै सो अवसरमा दिर्धकालीन योजना बनाएर काम गर्दै आएको देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend