logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछापमा गठबन्धन विजयी


  • जन आकाश
  • आइतबार, मंसिर ११ २०७९

रामेछाप । रामेछाप जिल्लामा गठबन्धनले तिनवटै सिट सुरक्षित गरेको छ। प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङ( कान्छाराम) ले  ४७०९८ मत प्राप्त गरि नेकपा एमालेका उम्मेदवार तथा पुर्व प्रदेशमन्त्री कैलास ढुङेललाइ १६३६९ मतान्तरले पराजित गरेका छन् कैलास ढुङेलले प्राप्त गरेको मत  ३०७२९ रहेको छ।



त्यसैगरी प्रदेश सभा कका माओवादी वाट उम्मेदवार भएका तारानारायण श्रेष्ठले १६७७३ मत ल्याइ नेकपा ( एमाले)का शान्ति प्रसाद पौडेललाइ १९९१ मतान्तरले पराजित गरेका हुन शान्ती प्रसाद पौडेलले प्राप्त गरेको मत १४९७९ रहेको छ।
प्रदेश सभा खवाट नेकपा माओवादि केन्द्रवाट उम्मेदवारी भएका युवाराज चौलागाईंले  २२९७९ प्राप्त गरि नेकपा ( एमाले) का मिलन घिसिङलाई  ४७७३ मतान्तले पराजि गरेका छन मिलन घिसिङ्ले प्राप्त गरेको मत  १८२०५ रहेको छ।

नेकपा ( माले) वाट उम्मेदवार भएका युवा नेता मोहन कार्किले ८५३  मत प्राप्त गरेका छ्न , त्यसै गरि मालेका प्रदेश कवाट उम्मेदवार बनेका सुरेश बस्नेतले ८२८ मत प्राप्त गरेका छन् ।  प्रदेश सभा खवाट उम्मेदवार भएका ओमबाबू पुरिले ८५३ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend