logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पार्टीले जित्ने देशले हार्ने बनेको छ निर्वाचन


  • जन आकाश
  • सोमबार, मंसिर १९ २०७९

नेपालमा यतिवेला निर्वाचन सम्पन्न भइसकेको छन् । धेरै जति ठाउमा मत गणना भईसकेको छ । भने विवादित भएका जिल्लाहरुमा यतिवेला मत गणना भईरहेको छ । जसमा सवैभन्दा धेरै सिट नेपाली काँग्रेस पार्टीका उमेद्धारहरुले जितेका छन् । भने दास्रोमा नेकपा एमालेका उम्मेद्धारहरुले जितेका छन् । तेस्रोमा नेकपा माओवादी केन्द्र रहेको छ । तर कुनैपनि पार्टीले स्पष्ट बहुमत ल्याएका छैनन् । त्यसकारण विगतमा जस्तै राजनीतिक खिचातानी, बार्गेनिङ र विदेशी चलखेल भईरहने नै देखिन्छ ।



निर्वाचन लोकतन्त्रको एउटा सुन्दर पक्ष हो जनताले जनताको लागि योग्य नेतृत्व छान्न पाउने अवसर त्योपनि गोप्य मतदानवाट तर नेपालमा हुने गरेका निर्वाचनहरु धेरै जति ठाउँमा स्वतन्त्र ढंगवाट नभएको राजनीतिक पार्टीहरुले सर्वसाधरणलाई वलजफ्ती गरेको दोलखा लगायत केही जिल्लाहरुमा त निर्वाचनमा खटिएका कर्मचारीहरुलाई समेत दवाव दिएर निर्वाचन गरेको हुनाले केही जिल्लाहरुमा दोस्रो पटक निर्वाचन गर्नुपर्ने अवस्था आएको थियो ।

त्योभन्दा अलगै घटना बाहिर नआएका थुप्रै जिल्लाहरुमा मतदाताहरुलाई प्रभावित पारेर पार्टीका कार्यकर्ताहरुले मतदान गर्न लगाएको अप्रत्यक्ष धम्की, डर, त्रास, र कतिपय जिम्मेवार नेताहरुले नै सार्वजानिक स्थलमा अभिव्यक्ति दिदा समेत धम्कीपुर्ण भाषाहरु प्रयोग गरेको भेटिन्छ ।

वुथमा राजनीतिक पार्टीका एजेन्ट राख्ने जस्ता नाममा हुलहुज्जत गरेर सेटिङ मिलायर कुनै पार्टीको पैशावाला उम्मेद्धारले अन्य पार्टीकालाई समेत किनेर एकलौटी रुपमा भोट हाल्न लगाउने अनाथ, असाय, अपाङगको लागि मात्र सुरक्षित गरेको नियमलाई दुरुपयोग गरेर सपाङगलाई समेत इच्छाएको व्याक्तिले भोट हाल्न पाउने नाममा अरुको भोट एउटै व्याक्तिले पटक पटक अर्काको मत खसाल्दा निष्पक्ष निर्वाचन भएको मानिदैन । तर त्यस्ता गतिविधि रामेछाप जिल्ला लगायत थुप्रै पाहाडी जिल्लाहरुमा भएको छ । संसद अर्थात प्रतिनिधिसभा सदस्य भनेको देशको नीतिगत कानुन बनाउने निकायमा जानका लागि जनताले योग्य, दक्ष, सक्षम उम्मेद्धार छानेर पठाउन प्रतिनिधिसभा र प्रदेश सभाको देशले निर्वाचन गरेको हो ।

तर पैशा भएका खर्च गर्न नडराउने र योग्यता नचाइने, जसरी पनि निर्वाचन जित्नको लागि पैशाको पहुच देखाएर हुल हुज्जत गर्न सक्ने मात्र उम्मेद्धार शिर्ष ठुला पार्टीहरुले उम्मेद्धार उठाउने चलन यस २०७९ मंसिर ४ गते भएको निर्वाचनमा पैशा भएका तर संसद हुन गुन नभएका धेरै उम्मेद्धार उठाएको र एउटा निर्वाचन क्षेत्रमा करोडौ करोड खर्च गर्न सक्ने उम्मेद्धार उठाएका हुदा त्यसको आयस्रोत केहो ? यसरी करोडौ खर्च गरेर जनतालाई प्रभावित पारेर चुनाव जित्न सक्ने पैशा रकम काहावाट ल्याए ? किन यस्ता संसद हुन गुन नै नभएका उम्मेद्धारहरुले जित्दै छन् ? न कतै संसदमा कोरम पु¥यायर देशको अस्मिता माथि त अफ्ठयारो अवस्था आउन लागेको त होइन ? बिषय गम्भिर बन्दै गएको छ ।

सिकिमलाई भारतमा गाभ्न लेण्डुप दोर्जे जस्ता पात्राको प्रयोग भए जस्तै नेपालमा पनि योग्य संसद नभएपछि पार्टींका केही त्यस्त लेण्डुप प्रवृतिहरुले भोली नेपालको अस्तित्व समाप्त गर्न तिनै विदेशी शक्तिको अप्रत्यक्ष लगानी गरेर नेपालको अस्मितालाई संसदमा कोरम पु¥याउने खेल कतै भईराखेको छैन । ?

यस्ता आवधिक निर्वाचनहरुमा राजनीतिक पार्टीहरुले गर्ने गरेका गलत कृयाकलाप आउदा दिनमा हुन नदिन यसै निर्वाचनमा देखिएका वेतिथि हटाउन सक्नुपर्छ तवमात्र नेपालमा स्वस्थ प्रतिस्पर्धा योग्य उम्मेद्धार सदनमा पुग्छन् । योग्य योग्य वीचको छलफलवाट मात्र सिगो देशको दिर्धकालीन योजना बन्न सक्छ । यस्ता असल काम गर्न सक्ने उम्मेद्धार छान्ने निर्वाचनलाई दुरुस्त बनाउन पार्टी पार्टीका नेतृत्व गर्ने नेतृत्वहरु पनि उत्तिक्कै असल हुनु आवश्यक छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend