logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्वाचनहरु ईतिहाँसका बुदा थप्नका लागि मात्र नबनुन्


  • जन आकाश
  • मंगलबार, मंसिर २० २०७९

नेपालमा २०७९ मंसिर ४ गते भएको निर्वाचनले १६५ सदस्य पहिलो हुने प्रतिनिधि सभाको लागि पदाधिकारी छान्ने काम सम्पन्न भएको छ । धेरै जति क्षेत्रका परिणाम आईसकेको छ कतिपय ठाउमा मत गणना जारी रहेको छ । देशभरीका प्रतिनिधिसभाको लागि १६५ र ३३० जना प्रदेश सभासद निर्वाचित भईसकेका छन् । यो निर्वाचन २०७२ साल असोज ३ गते जारी भएको संविधानमा व्यवस्था भए अनुसार भएको हो । प्रत्येक ५ बर्षमा स्थनीय, प्रदेश र संघ तीनतहको आवद्यिक निर्वाचन गर्ने र त्यसवाट चुनिएका नेतृत्वले देशको व्यवस्थापन गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम आवद्यिक निर्वाचन भएको हो ।



नेपालमा निर्वाचन गर्ने चलन नयाँ होइन जतिपटक संवैधानिक व्यवस्था गरिन्छ त्यति त्यति वेला नै निर्वाचन गर्ने चलन हुदै आएको छ । २००४ सालको संवैधानिक व्यवस्था हुने वित्तिक्कै २००४ सालमा नै राणा शासनकालमा महानगरपालिकाको निर्वाचन भएको पाउछौ । त्यसैगरी नेपालको अन्तरिम शासन विधान २००७ सालमा बनेसँगै त्रिपक्षिय शक्ति राणा–राजा–प्रजातान्त्रि शक्तिको सरकार बनेको थियो । सोही सरकारले नेपाल अधिराज्यको संविधान २०१५ जारी गरेको थियो र त्यसको लगतै नेपालको ईतिहाँसमा पहिलो आम निर्वाचन भएको थियो । जसमा नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमतको सरकार बनाएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले राजनीतिक कु अर्थात देश बचाउनको लागि खेलेको साहासी निर्णय गरेर महेन्द्रको नेतृत्वमा २०१९ नेपालको संविधान जारी भएको थियो २०१९ नेपालको संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीलाई टेकेर कब्जामा परेका राजनीतिक दलहरुले पञ्चायत की बहुदल भन्ने बिषयमा जनमत सग्रह माग गरेका थिए । सोही बमोजिम २०३६ सालमा जनमत सग्रहको घोषणा भएको र २०३७ साल वैशाख २० गते जनमत सग्रह भएको थियो । उक्त जनमत सग्रहमा पञ्चायतले विजय हाशिल गरेको थियो ।

२०४६ सालमा उठेको प्रजातान्त्रिक आन्दोलले सरकार फेरवदल गरी २०४७ संविधान जारी भएको थियो । सोही संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीलाई अगाल्दै २०४८ सालमा आम निर्वाचन भएको थियो ।
२०४८ सालमा भएको निर्वाचनले नेपाली काँग्रेस ठुलो पार्टीको भउको थियो भने नेकपा एमाले,राप्रपा दलहरुको अस्तित्व सदनमा थियो ।

२०५१ सालमा मध्यवधी घोषणा निर्वाचन भएको थियो त्यो निर्वाचनमा एमाले ठुलो पार्टी भयो तर बहुमत आएन ।

। २०५२ सालवाट माओवादीले जनयुद्ध घोषणा गरेर देश द्धान्द्धमा फसेको थियो द्धान्द्धको वीचमा पनि २०५४ मा स्थानीय निर्वाचन भएको थियो । नेकपा एमाले देशभरी ठुलो शक्तिको रुपमा विकास भयो ।

२०५४ सालमा माहाकाली सम्झौताको बिषयलाई लिएर नेकपा एमालेवाट २२ जना संसद सहित पार्टीवाट अलग भई नेकपा माले पार्टीको पुनःगठन भएको थियो ।

२०५६ सालमा आम निर्वाचन भयो नेपली काँग्रेसले बहुमत प्राप्त गरेको थियो ।

२०५८ सालमा राजाको शासनकालमा स्थानीय निर्वाचन घोषणा भयो तर शहरकेन्द्रीत निर्वाचन मात्र भएको थियो ।

२०६९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरेपछि रुस्ट भएका राजनीतिक पार्टीहरुलाई भारतले साथ दिने भएपछि माओवादी, सातदलको गठजोडमा २०६२÷६३ जनआन्दोल भएको थियो । त्यही २०६३ को आन्तरिम संविधानले संविधान सभाको निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था अनुसार २०६४ मंसिर ४ गते संविधानसभाको लागि निर्वाचन भएको थियो । जसमा युद्धवाट शान्ति प्रक्रियामा आएको माओवादी पहिलो पार्टी भएको थियो ।

त्यो संविधानसभाले दुई बर्ष भित्रमा नयाँ संविधान जारी गरिसक्ने व्यवस्था रहेकोमा ४ बर्षसम्म पनि संविधान जारी गर्न नसकेपछि २०६९ साल जेठमा संविधानसभा विघटन भयो र प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षताम २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको लागि निर्वाचन भयो नेकपा एमाले पहिलो पार्टीको भयो ।

सवैदल मिलेर २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा पहिलो स्थानीय निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन भयो जसमा सवैभन्दा ठुलो पार्टी नेकपा एमाले भयो ।

२०७९ बैशाख २० गते स्थानीय निर्वाचन भयो

२०७९ मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ ।

यसरी नेपालको निर्वाचनको ईतिहास बुदा थप्न लायक बनेको छ । तर समग्र देशको अवस्था फेर्ने देशका नागरिकलाई देशभित्र नै अड्याउन त सकेको छैन । अरु के गर्ला र ! तर नयाँ निर्वाचित पदाधिकारीहरुले देश विकास गर्न असल नीति बनाउन भन्ने कामना गरौ । यति हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend