logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा


  • जन आकाश
  • आइतबार, मंसिर २५ २०७९

काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर
एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।



बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ।

एकान्तकुना जाउलाखेल ललितपुरमा संचालन हुँदै आएको
प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुबिधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको छ।

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित
पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको छ।

प्रोत्साहन ब्यूटीपार्लर एण्ड ट्रेनीङकि अध्यक्ष रेनु राना मगर  शाक्य को माता पिता प्रेम शाक्य र सिता शाक्य तथा छोरी प्रोत्साहना राना मगर मार्फत रिवन काटि शुभारम् गरिएको उद्घाटन कार्यक्रममा अतिथिहरु बरिष्ठ सौन्दर्य बिदहरु रचना शाक्य,लक्ष्मी महत कमला लामिछाने, शुष्मा रावल, चन्दा मगर, गायिका ऋतु कंडेल सौन्दर्य कर्मीहरु सुजात
राइ सबनम सुब्बा ऐस्वर्य शाक्य, मंजु श्रेष्ठ, प्रिती शाक्य पत्रकारहरु सुर्य चन्द, पुरुश्वतम बस्नेत, नवराज वाग्ले लगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा
उपस्थित सम्पूर्ण अतिथिहरुले प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा बिस्तार गरेको खुसियालीमा बधाई तथा शुभकामना दिएका थिए ।

यस पार्लरमा अनुभबी सौन्दर्य कर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक रेनु राना मगरले जानकारी गराईन। जाउलाखेल क्षेत्रको अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिलाहरुको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ ।

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको ब्यूटीपार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी
द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् ।

महिला ग्राहक हरुको लागि खोलिएको यस पार्लरले गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको रेनु बताउछिन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend