logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप नगरपालिकाद्धारा १६ दिवसीय लैगिङ हिंसा सम्बन्धि कार्यक्रम गरी सम्पन्न


  • जन आकाश
  • सोमबार, मंसिर २६ २०७९

 



रामेछाप । अन्तर्राष्ट्रिय मानव अधिकार दिबसको दिन र १६ दिबसीय लैङ्गिक हिँसा बिरुद्धको समापन कार्यएक्रमको अबसरमा रामेछाप नगरपालिकाको आयोजनामा तथा RBPW र समाज सेवा जागृति महिला सहकारी साकोसको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर ५ गते नगरपालिजकाकी उप मेयर बाला कुमारी कार्कीको अगुवाईमा संयुक्त दिप प्रज्वल गरी १६ दिवशीय लैगिङक हिंसा विरुद्धको उदघाटन गरिएको थियो । नगरपालिकाका ९ वटै वडामा सडक नाटक,दोहोरी गित,भजनको भाका लगायत विभिन्न भाकामा बिद्यार्थि बहिनीहरुको सन्देश मुलक गितहरु प्रस्तुत गरि मनाइएको थियो ।

समग्र ९ वटै वडाको प्रस्तुतीवाट उत्कृष्ट बाल कलाकार, महिला, अपाङग लगायतलाई कार्यक्रम समापनको अवसर पारेर सम्मान तथा प्रोत्साहन गरिएको थियो । समापन कार्यक्रमका अध्यक्षता नगरपालिकाका मेयर लवश्री न्यौपानेले गर्नु भयौको थियो र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीले गर्नु रहनु भएको थियो ।

कार्यक्रममा उप प्रमुख बाल कुमारी थापा कार्की ,नगर स्तरका नेपाली काङ्ग्रेस पार्टि,नेकपा (एमाले) पार्टी,नेकपा (माओबादी केन्द्र),नगर भरिको वडा अध्यक्ष,सञ्चार जगतका प्रतिनिधि लगायत सरकारी तथा गैर सरकारी सघसस्थाहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend