जन आकाश
सम्झौता पत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षरगरी सम्झौता भएको छ ।
सो सम्झौत सम्झौता पत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पत फन्ड ट्रान्सफर,क्युआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनैपनि शुल्क लाग्ने छैन ।
नेपाल राष्ट्र बैंकको माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोग कर्ताहरु यस सम्झौत पत्रबाट प्रत्यक्ष लाभान्वित सिभिल बैकका चिफ विजिनेस भोला बहादुुर बिष्टले बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend