logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

क्रोएसियाका प्रशिक्षकले मेस्सीको प्रशंसा गर्दै


  • जन आकाश
  • बुधबार, मंसिर २८ २०७९

क्रोएसियाका प्रशिक्षक जलाट्को डालिकले अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल संसारकै उत्कृष्ट खेलाडी भएको र क्रोएसियाविरूद्ध डरलाग्दो खेल खेलेको बताएका छन्।



तर, उनले फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने व्यक्तिगत अभियानमा रहेको मेस्सीलाई रोक्न सकेनन् ।

मेस्सीले मंगलबार पेनाल्टीमार्फत गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि जुलियन अल्भारेको दुई गोलका लागि जादुयी मुभ बनाए ।

तर, लुसेल रंगशालामा मेस्सी एकमात्र प्रतिष्ठित खेलाडी थिएनन् ।

निश्चित रुपमा थुप्रै मानिसहरुले क्रोएसियाका सर्वश्रेष्ठ मानिएका मोड्रिचलाई सर्वश्रेष्ठ मिडफिल्डरको स्थान दिएका छन् ।

उनी रियल मड्रिडलाई पाँचपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए ।

उनले सन् २०१८ मा बालोन डी’ओर अवार्डसमेत जितेका थिए ।

कतारमा उनको प्रदर्शनबाट प्रमाणित हुन्छ कि गोलका लागि निर्णायक पास दिन उनी अझै पनि सक्षम छन् ।

उनी सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका लागि अन्तिम हतियारका रुपमा राष्ट्रिय टिमबाट खेल्न सक्छन् ।

रियल मड्रिडले उनीबाट थप उपाधिको अपेक्षा पनि गर्न सक्छ ।

‘शायद यो हाम्रो एउटा पुस्ताका लागि अन्तिम विश्वकप हुनसक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend