जन आकाश
काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ मंसिर २८ गते बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षपनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य(शिक्षा)का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।
उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँचलाख रकम सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार कार्यक्रम वीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील) ,शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
गतवर्ष पनिकम्पनीले यसै गैर नाफा मुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँचलाख रकम सहयोग प्रदान गरेको थियो । त्यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु.१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताउनु भयो । न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरिय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी संचालक सदस्य दिपक संजेलले जनाउनु भयो ।
शिक्षाले संसार देखाउछ भन्ने यस जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीका पिता मान बहादुर कार्कीको भनाईवाट प्रेरित जन आकाश मिडियाले पनि शिक्षा क्षेत्रलाई बढी नै महत्व दिने गर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend