जन आकाश
काठमाडौं । निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ ।
पहिलो र दोश्रो संबिधान सभाका सदस्य समेत रहेका ढकाल दुइ पल्ट नेपाल सरकारको मन्त्रि पनि भए ।
गोरखाको बोर्लाबमा जन्मभूमि भएका ढकाल बिधार्थी काल देखि युवा नेता हुन् ।
उनलाइ सन् २००७ मा नेपाल जेसिसले युवा बर्ष पुरस्कार समेत प्रदान गरेको थियो ।
नेपालमा शशस्त्र द्धन्द्धको बेला ढकालकै पहलमा “दक्षिण एशियाली शान्ति
पहलकदमी“ को स्थापना गरि नेपालको शान्ति प्रकृया सफल बनाउन विभिन्न
कार्यक्रम मार्फत महत्वपूर्ण भूमिका निर्बाह गरेका ढकाल सयुक्त राष्ट्र संघमा
आबद्ध संस्था युनिभर्सल पिस फेडेरेशन अन्तराष्ट्रियको विभिन्न जिम्बेवारी समेत
बहन गरेका छन् ।
ढकाल हाल सांसदहरुको अन्तराष्ट्रिय मंच “इन्टरनेश्नल अशोशिएशन अफ पार्लियामेन्टरियन फर पिस“ (आइएपिपि ) एशिया प्रशान्त क्षेत्रको संयोजक समेत रहेका छन् ।
छोटो समयमै धेरै अन्तराष्ट्रिय अनुभब हासिल गरेका ढकाल विश्वका विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख संग समेत भेटघाट गरिसकेका परिचित व्यक्तित्व हुन् ।
नेपालमा सन् २०१५ को बिनासकारी भुकम्पको बेला तत्काल उद्दार तथा राहतको
लागी ढकालको पहलमा उल्लेखनीय सहयोग जुटाएका थिए ।
ढकाल तत्कालिन प्रधानमन्त्री सुशील कोइराला भन्दा पनि अघि हेलिकप्टरमा राहत सामग्री लिएर भूकम्पको इपिसेन्टर गोर्खाको वारपाक पुगेपछि उनी थप चर्चामा आएका थिए ।
पहिलो बाबुराम भट्टराईको नेतृत्वमा सहकारी तथा गरिबि निर्वारण मन्त्री हुँदा
राष्ट्रिय सहकारी नीति र बिपन्न घरपरिवार पहिचान तथा परिचय पत्र वितरण थालनी गरेका ढकालले दोश्रो केपी ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रि हुदा शान्ति प्रकृयाको महत्वपुर्ण कामहरु सम्पन्न गरेका थिए ।
सधै चर्चाको शिखरमा हुने गरेका ढकाल मेहनती र जिम्बेवार राजनीतिज्ञ हुन् ।
सामाजिक क्षेत्रमासमेत अग्रणी स्थानमा रहेका ढकालले सन् २०१८ मा नेपालमा एशिया प्याशिफिकसमिट आयोजना गर्न एक प्रमुख भूमिका खेलेका थिए ।
।बहुचर्चित उक्त समिट मायुपिएफ अन्तराष्ट्रियकी सह–सस्थापीका डा. हाक जा हाँन मदर मून), सात जनाराष्ट्र प्रमुख तथा सरकार प्रमुख, १० जना पूर्व राष्ट्रपति÷ प्रधानमन्त्री रपाँच जना सभामुख समेत ४५ मित्र राष्ट्रका सयौं बिशिष्ट बिदेशी पाहुना हरुको सहभागिता रहेको थियो।
उक्त एशिया प्यासिफिक समिट नागरिक क्षेत्रको पहलमा भएको नेपालको इतिहाँसकै सबैभन्दा भब्य अन्तराष्ट्रिय सम्मेलन थियो ।
संसद्को लेखा समिति, अन्तराष्ट्रिय सम्बन्ध तथा मानब अधिकार समिति, संसदीय सुनुवाई समिति लगाएतमा बसेर सफल भूमिका बहन गरिसकेका ब्यक्ति ढकाल संसद बाहिर पनि उत्तिकै क्रियाशील देखिन्थे ।
नेपालको सन्दर्भमा अग्रपंथी लोकतन्त्र नामक पुस्तक समेत प्रकाशन गरेका ढकाल बैचारिक र ब्यबहारिक बीच सन्तुलन हुनु पर्ने बताउछन् ।
ढकालको पहल कदमीमा देशभर दर्जनौं बिधालय भबन,पुस्तकालय, मठ मन्दिर निर्माण तथा मर्मत सम्भार भएका छन् ।
उनले दर्जनौ लगनशील तथा बिपन्न बालबालिकालाई छात्रबृति समेत उपलब्ध गरेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७९ मा नेकपा एमालेको समर्थनमा
उनि प्रतिनिधि सभा सदस्यमा समानुपातिक निर्बाचन प्रणाली मार्फत निर्बाचित सांसद हुन् ।
उनले उम्मेदवारको रुपमा १५ बुदे प्रतिबद्ता जारि गरेका थिए ।
ढकाल ले जारि गरेका प्रमुख प्रतिबद्धता हरुमा राष्ट्रियताको संरक्षण, परिबर्तनका उपलब्धि कोसंस्थागत विकास, भ्रष्टाचार निवारण र शुशाशन, असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाब, राष्ट्रिय मेलमिलाप र अन्तर धार्मिक एकता, युवालाई रोजगार, पर्यटनको विकास, कृषि उत्पादनमा आधुनिकीकरण तथा बृद्धि, विकास तथा लगानी मैत्री वाताबरणको सृजना, वाताबरण संरक्षण र अन्तराष्ट्रिय सम्बन्धमा सुधार तथा आर्थिक कुटनीति लाइ प्राथमिकता दिने लगाएतका बिषयमा नीतिगत रुपमा योगदान गर्ने तथा
आबाज उठाउने उल्लेख गरेका छन् ।
असल मनो सायले काम गर्दा गर्दै पनि सांसद ढकाल आलोचना रहित बन्न सकेका छैनन् ।
उनि रचनात्मक आलोचनाले आफुलाई परिपक्क र परिमार्जित हुने अवसर
प्रदान गर्ने बताउछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend