logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

समाजसेवी प्रकाश कुमार श्रेष्ठ द्वारा आर के कस्मेटिक सपको उद्घाटन


  • जन आकाश
  • शुक्रबार, पुष १ २०७९

काठमाडौं युवा व्यवसायी, समाजसेवी तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरका
संचालक प्रकाश कुमार श्रेष्ठले काठमाडौंको सुन्धारा खिचापोखरीमा संचालनमा आएको
आर के कस्मेटिक सपको उद्घाटन गर्नुभएको छ।



एक भब्य कार्यक्रम बीच उहाँले रिबन काटेर कस्मेटिक सपको उद्घाटन गर्नु भएको हो।
बिगत लामो समय देखि पार्लरमा काम गरेर अनुभब बटुली कस्मेटिक सप संचालन सुरु गरेका साजन ठाकुरको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा समेत काम गरेको अनुभब छ।

उक्त अवसरमा प्रमुख अतिथि प्रकाश कुमार श्रेष्ठले साजन ठाकुर ईमान्दार मेहनती र
केहि राम्रो गर्नु पर्छ भन्ने उदेश्य राख्ने व्यक्ति भएकोले पार्लर र सलोन सम्बन्धि चाहिने सम्पूर्ण सामग्रीहरु बिक्रि वितरण गर्ने व्यवसाय संचालन गरेकोमा खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दै सम्पूर्ण पार्लर व्यवसायीलाई सामान खरिद गरि सहयोग गर्ने समेत आव्हान गर्नु भएको छ।

सम्पूर्ण ब्यूटीपार्लरलाई चाहिने सामाग्रीहरु राम्रो सस्तो र गुणस्तरिय सामानहरु उपलब्ध गराउने आर के कस्मेटिकका संचालक सागर बताउनु हुन्छ।

सो उद्घाटन समारोह पार्लर ब्यबसायी, सौन्दर्य कर्मी लागायत अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend