जन आकाश
भारतका चर्चित अभिनेता विवेक ओबेरोयले चन्द्रागिरि हिल्सको भ्रमण
गर्नु भएको छ ।
पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर
महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्य हरुको पनि अवलोकान गर्नु भयो ।
अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका प्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनु भएको थियो ।
ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताउनुभयो ।
साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend