logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रामेछापमा बागको आक्रमणवाट शिव कार्की घाइते


  • जन आकाश
  • शनिबार, पुष २ २०७९

 



रामेछाप । मिति २०७९ साल पौष १गते सांझ रामेछाप  जिल्ला गोकुलगङ्गा गाउँपालिका वडानं-१ साङ्बाडाडा ढांडे भन्ने स्थानको जङ्गलमा बेलुका ५ बजे पत्कर सोर्न गएका  शिवराम कार्कीलाई बाघले आक्रमण गरि सक्त घाइते बनाएको छ। उनलाइ  तत्काल उदार पौष १ गते राती नै जिरी अस्पतालमा पुर्याइ उपचार गरिएको र आखामा गम्भीर समस्या देखिएको कारण काठमाडौ रिफर गरिको छ । अहिले उनलाइ तिलगंगा आखा अस्पतालमा ल्याउदै गरेको उहाका बुबा अनध्वज कार्किले जानकारी दिनुभएको हो ।

१६ बर्शिय कार्की कक्षा १० मा अध्ययनरत बिध्यार्थी हुन ।  रामेछापको गोकुलगङ्गा गाउपालिका  वाडन १ गौरिशखर सरक्षित क्षेत्र भित्र पर्छ । त्यस क्षेत्रमा सरक्षित क्षेत्रको अनुमती बिना कुनै बन बुटा मस्न पाइदैन त्यसकारण पछिल्लो समय जङ्गल , बन्यजन्तु अत्याधिक बढन थालेका छन र बेला बेलामा यस्ता बन्यजन्तु आक्रमणबाट मानिसहरू घाइतेहुने गरेका छन् ।
स्मरणीय रहोस  जसरी जङल र बन्यजन्तुको माया गौरी सखर सरक्षित क्षेत्रले गरेको छ त्यसै गरि ती आसपासमा बसोबास गर्ने  मानवको पनि सरक्षण गर्ने दाइत्व सरक्षित क्षेत्रकै हो । यस्ता मानविय घटना हुन नदिन सम्बन्धित निकायको ध्यान पुगोस।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend