जन आकाश
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्ग अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् ।
सोमबार नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा उनले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको मतपरिणामले शहरिया मध्यम वर्गमा विचलन देखिएको पुष्टि हुने बताएका हुन् ।
उनले कार्यक्रममा सहभागी नगरपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै भने आज अस्थिरता कसका माध्यमबाट भइरहेको छ ।
शहरिया मध्यम वर्ग सबभन्दा ज्यादा असन्तुष्ट भइराखेको छ,।
नेपालको राजनीतिक प्रणालीप्रति त्यो कसको मातहतमा छ भन्दा तपाईहरु नेतृत्वको मातहतमा छ ।
तपाईहरुले उनीहरुलाई सन्तुष्ट गर्न सक्नुभयो राजनीतिक स्थिरतातर्फ हामी मुलुकलाई लैजानसक्छौँ ।
तपाईले आफ्नो ठाउँको जनतलाई सन्तुष्ट पार्न सक्नुभएन भने मुलुक अस्थिरताको भुमरीमा फस्छ ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend