logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सलाम एयरले विभिन्न विद्यामा सम्मान प्रदान गदै


  • जन आकाश
  • बुधबार, पुष ६ २०७९

 



 काठमाडौं । सलाम एयरलाईन्सले नेपाल स्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सी हरुलाई सम्मान गरेको छ ।

सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा सेवा दिदै आएको छ ।

नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

हालै काठमाडौं स्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रम कावीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सी हरुलाई विभिन्न विद्यामा सम्मानित गरेको छ ।

विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सीलिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ ।

त्यस्तै मस्ट इम्प्रुभ्ड रे भिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ् दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ ।

त्यस्तै हाइऐस्ट एन्सिलरी रे भिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ ।

त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिक हरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरिएको थियो ।

सलाम एयर लाईन्सको नेपाल स्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रा लिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्स हरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताउनु भयोे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend