logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट


  • जन आकाश
  • बिहिबार, पुष ७ २०७९

 



काठमाडौँ । विद्युतीय कारोबारलाई प्रवद्धन गर्ने उद्देश्यका साथ स्मार्ट चोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ ।

यस छुट अफर र अन्तर्गत ग्राहक हरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रू. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन ।

यो योजना २०७९ साल पौष २० गतेसम्म रहने छ ।
भने छुट अबधिभर हरेक ग्राहकले रू. ९०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखा हरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने
छन् ।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस,एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend