logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने


  • जन आकाश
  • बिहिबार, पुष ७ २०७९

 



सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष उत्सवको रुपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट विशिष्ट व्यत्तिहरुको सहभागिता रहनेछ।

सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्डमा १४ विधामा अवार्ड प्रदान गरिदै छ ।
यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई सम्मान गरिनेछ ।

यस वर्ष साउथ एसिया स्टार्टअप अवार्डको लागि भाग लिन विभिन्न दक्षिण एसियाली देशहरुबाट स्टार्टअपहरु नेपाल आएका छन ।

यस वर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ५ महिना सम्म छनौट प्रक्रिया सञ्चालन भएको छ ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड ९पब्लिक सेक्टर, डिजिटल एजुकेशन आइसिटी अवार्ड प्राइभेट सेक्टर, डिजिटल सर्भिसेस आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, पब्लिक च्वाइस आइसिटी अवार्ड र जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिदै छ ।

५ महिना बढीको अथक मेहनत र परिश्रम पश्चात आइसिटी अवार्डको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

‘अवार्डलाई हरेक कोणबाट सर्वोत्कृष्ट बनाउन प्रयास गरिरहेका छौं,’ लम्सालले भने, ‘अवार्डलाई पारदर्शी, निष्पक्ष बनाउन जुरी सदस्य, सल्लाहकार लगायत सबैले उत्तिकै मेहनत गर्नुभएको छ ।’

ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेप्लेस, कान्तिपुर टिभीको एप तथा वेबसाइट र आइसिटी अवार्डको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

अवार्डको लागि २५ भन्दा बढी जुरी मिटिङ सम्पन्न भएका छन् भने १५ जना विशिष्ट सल्लाहकार हरूको समूह पनि रहेको छ ।

अवार्डलाई अझै विश्वसनीय बनाउन स्टार्ट अप, प्रडक्ट र राइजिङ स्टार विधामा पब्लिक भोटिङ समेत सञ्चालन गरिएको थियो ।

पब्लिक भोटिङ र जुरीको निर्णयबाट यी विधामा सर्वोत्कृष्ट छनोट गरिने आयोजकले जनाएको छ ।
यसैगरी फाइनलिस्ट हरुकोमा जुरीले फिल्ड भिजिट पनि गरेका थिए ।

आइसिटी अवार्डको प्रिइभेन्ट क्याम्पियनको रूपमा स्टार्टअप एण्ड आईडिया फेस्ट, मेन्टरिङ तथा बुटक्याम्प सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका छन् ।

इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसनमा रहेका छन् ।

विश्व प्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन्

यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै फिनोभेसन पार्टनरमा नेपाल क्लियरिङ हाउस, आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ, गेमिङ पार्टनर यार्सा ल्याब्स, मोबिलिटी पार्टनर दराज, सेक्युरिटी पार्टनर एमिनेन्स वेज, ब्रोडकास्टिङ पार्टनर कान्तिपुर, एप पार्टनर हाम्रो पात्रो, टेक्नोलोजी पार्टनर टेक्नोरियो, इन्भेष्टमेन्ट पार्टनर बिजबेल रहेका छन् ।

अन्सहयोगी संस्थामा नेपाल बैंक लिमिटेड, किंग्स कलेज, दूरशिक्षा, बारकोड नेपाल, स्प्यारो एसएमएस, नेपाल आन्टरप्रेनर्स हब, ब्रोडब्याण्ड र आइसिटी फाउन्डेसन नेपाल रहेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend