logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन


  • जन आकाश
  • बिहिबार, पुष ७ २०७९

 



मन्जुको मंजीना हेयर एण्ड मेकअप स्टूडियो एकान्तकुनामा संचालन
एकान्तकुनामा खुल्यो मंजीना हेयर एण्ड मेकअप स्टूडियो
काठमाडौं सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना
खरिबोट स्थित मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन एक भब्य कार्यक्रम बीच
प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको
छ ।
उक्त अबसरमा सौन्दर्य कर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानिय व्यक्तित्वहरुको
समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा ब्यबसायी सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा सञ्चालित मंजीना हेयर एण्ड मेकअप
स्टूडियो उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा
सम्पन्न ब्यूटीपार्लर हो।

बिगत ६ बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको
आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको
मंजीना हेयर एण्ड मेकअप स्टूडियोमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा
सुबिधा प्रदान गरिन्छ ।

भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन्जु श्रेष्ठल बताइन ।

बिसेष गरि हेयर र मेकअपमा पर्फेक्ट र अनुभबी मन्जु सेवा ग्राहीको रोजाइमा पार्छिन।

आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नो परिवार र आफ्नी गुरुआमा सोनी
काररंजितलाइ दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु
गरेर आत्मा निर्भर बनेको बताइन ।

रोज ब्यूटी एकेडेमीकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले
पार्लरको रिबन र केक काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा
खुसि ब्यक्त गर्दै मंजीना हेयर एण्ड मेकअप स्टूडियोले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने
कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend