logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

श्री समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधरणसभा सम्पन्न


  • जन आकाश
  • शनिबार, पुष ९ २०७९

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरापालिका वाडन. ८ स्तिथ सञ्चालन भईरहेको श्री समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रामेछाप नगरपालिकाका उप मेयर बालाकुमारी कार्की (थापा)द्धारा दीप प्रज्वल गरी कार्यक्रम शुरु भएको थियो । संस्थाका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा शुरु भएको कार्यक्रममा रामेछाप नगारपालिकाका उद्यम विकास तथा सहकारी शाखाका कर्मचारी हरिभगत श्रेष्ठ, वाडन ८ का अध्यक्ष सन्तोष तामाङ लगायत बिभिन्न संघ,संस्थाका पदाधिकारीहरु, संस्थाका सदस्यहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको हो ।



कार्यक्रममा स्वागत मन्तव्य राख्दै घनमाया श्रेष्ठद्धारा संस्थाको स्थापना, संस्थाले खेलेको भुमिका, र विगतमा रामेछाप जिल्लामा रहेको रामेछाप जिल्ला महिला तथा बालबालिका कार्यलयको महत्वपूर्ण सहयोगमा २०६२ सालमा स्थापना गरी रु ५ रुपैयावाट आमा र दिदीबहिनीहरुले बचत गर्न शुरु गरेको संस्थाले आज आईपुग्दा सदस्यहरु मात्रै ५४० जना रहेका र त्यस आरोह अवरोह पार गर्दै संस्थाले अल्पसंख्याङ एकल महिला, अपाङग, बालबालिका बिशेष गरेर महिलाहरुको क्षेत्रमा काम गर्दै आएको बताउनु भएको थियो ।

कार्यक्रममा संस्थाकी नीरमाया शाहीले संस्थाको कार्यपत्र पढेर सुनाउनु भएको समय सापेक्ष प्रविधिको प्रयोग गर्दै सहकारीले गरेको कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो ।

संस्थाकै कोषाध्यक्ष कल्पना देवकोटाले संस्थाले आर्थिक बर्षमा गरेका कार्यक्रम आयव्याय र आउदा दिनरुमा संस्थाले तय गरेका लक्ष्यहरुको वारेमा प्रतिवेदन पढेर सुनाउनु भएको थियो । कार्यक्रमलाई शिक्षण पुग्ने उदेश्यले तय गरेको प्रष्ट देखिन्थ्यो सहकारी संस्था सम्बन्धि नाटक, गीत, नृत्य प्रस्तुती भएका थिय ।

कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक अपना श्रेष्ठले गर्नु भएको थियो ।

महिला बालबालिकाको क्षेत्रमा सहकारीको इतिहाँस

स्थानीय विकास मन्त्रालय अन्र्तगत विक्रम सम्बत २०३८ सालमा युनिसेफको सहयोगमा ग्रामिण महिलाहरुका लागि लघु कर्जा व्यस्था कार्यक्रमवाट ५ जिल्लामा शुरु भएको महिला विकास कार्यक्रम आर्थिक बर्ष २०५३÷५४ सम्ममा ६७ जिल्लामा सञ्चालन ्भएको थियो । २०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्र्तगत राखि महिला विकास कार्यलय मार्फत महिला विकास कार्यक्रम र महिला जागृति तथा आयाआर्जन कार्यक्रम सञ्चालन गरिदै ७५ वटै जिल्लामा कार्यक्रम विस्तार भएको पाईन्छ ।

नेपाल सरकार मन्त्रीपरिषदको, २०६० साउन ५ गतेको निर्णयवाट जिल्लास्थित महिला विकास कार्यलयलाई महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङग, चेलिबेटी बेचबिखन नियान्त्रण र गैर सहकारी संस्थाहरुको समन्वय कर्ता, सम्पर्क शुत्र र सहजकर्ताको भुमिका निभाउने सम्पर्क निकायको रुपमा तोकिएको थियो ।

उक्त कार्यक्रम अन्र्तगत महिलाहरुको ४ देखि ७ जना सम्मको समुह गठन अन्र्तगत मन मिल्ने साथी, पायक पर्ने छिमेकी, उमेर मिल्ने पिढी, बय मिल्ने दौतरीको साथ भएको सदस्यहरुको समुह समिति गठन र सहकारी संस्था दर्ता गरी महिलाहरुको मुल प्रवाहीकरण, समावेशीकरण र शसक्तिकरण गरी तीन आयाम र पाँच प्रथामिकता (लैङ्गक समानता, प्रजनन् स्वास्थ, जीपनपयोगी सीप, पुगिसरी सम्पन्नता, सस्थागत सहभागिता) जस्ता कार्य गर्दै आएको थियो ।

उक्त सहकारी संस्थाभित्र किशोरी समुह, लैङ्गक हिंसा निगरानी समूह लगायतका बिभिन्न समूहमार्फत सञ्चालन हुदै आएको सहकारीमा एक घर एक महिला सदस्य रहनेगरी गठित सहकारी संस्थाले महिलाहरुको जीविको पार्जनको लागि संस्थामार्फत साविक महिला बालबालिका कार्यलयले सीपमूलक, आर्यआर्जनमूलक तालिमका अलवा महिलाहरुका क्षमता विकास, सचेतनामूलक कार्यक्रमहरु गर्दैगर्दा, महिलाहरुको सक्रिय सहभागिता हुदैगर्दा महिला शसक्तिकरण हुदाहुदै नेपालको संविधान, २०७२ जारी भई संघियता लागुभएको थियो त्यसपछि महिला विकास कार्यलय खारेज हुनपुगेको थियो । त्यसपछि महिला सहकारीहरु धेरै जति बन्द भईसकेका छन् ।

हाल प्रत्येक स्थानीय तहमा महिला तथा बालबालिका शाखा स्थापना भएतापनि माथि उल्लेख गरिए बमोजिमका कुनैपनि कार्यगर्न सकिरहेको अवस्था देखिदैन । स्थानीय तहलाई बढी अधिकार प्रत्यायोजित गर्नको लगि बनाइएको स्थानीय अधिकार भएपनि हाल स्थानीय तहमा उल्लेख्य मात्रमा प्रगति हुन सकेको देखिदैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend