जन आकाश
काठमाडौं । पन्ध्र बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानब सेवा आश्रम कौसलटारमा मनाएको छ।
अन्तराष्ट्रियस्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सेवा सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालको न. १ युनिसेक्स पार्लर रश्मिलाज फेसियल हाउसले पौष १० अर्थात डिसेम्बर २५ तारिखमा रश्मिलाज फेसियल हाउसको बार्षिकोत्सब मनाउदै आएको छ। भक्तपुरको कौसलटारमा अबस्थित मानब सेवा आश्रममा आश्रित ४३ जना बृद्धाबृृद्धाहरुलाई भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरि फेसियल हाउसले बार्षिकोत्सव मनाएको छ। सौन्दर्यप्रति सचेत नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकि अध्यक्ष बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठको बुवा स्व. तिलक बहादुर श्रेष्ठ २५ दिन अगाडी मात्र स्वर्गारोहण भएको कारणले गर्दा १५ औं बार्षिकोत्सवलाइ बृदाश्रममा रहेका आमा बुवाहरु माझ भोजनको साथ खाध्य सामग्री सहयोग गर्दै मनाईएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठ बताउछन।
उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वाश माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै पन्ध्रौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश कुमार श्रेष्ठले बताए ।
सो अवसरमा बरिष्ठ सौन्दर्यबिद श्रेष्ठले देश बिदेशमा रहेका सम्पूर्ण सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुलाई तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा सेवा गर्न अवसर दिने सम्पूर्ण सेवाग्राही, शुभचिन्तक र बिसेष गरि रातदिन नभनी पार्लरमा काम गरेर रश्मिलाज फेसियल हाउसलाई नेपालको न. १ बनाउन अहोरात्र खट्ने सम्पूर्ण पार्लर स्टाफहरुलाई धन्यबाद ब्यक्त गरीन।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो। जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ। सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन। रश्मिलाज फेसियल हाउसको एनिवर्सरीको उपलक्ष्यमा स्पेसल डिस्काउण्ट अफर समेत रहेको उनिले बताईन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend