जन आकाश
नेपालमा २०७२ साल असोज ३ गते जारी भएको संविधान अनुसार दोस्रोपटक भएको आवद्यिक निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र नामका पार्टीहरुले स्थानीय तह निर्वाचन र प्रदेश÷प्रतिनिधिसभाको निर्वाचनमा राजनीिितक गठबन्धन गरेर निर्वाचनमा गए ।
त्यसैको परिणाम नेपाली काँग्रेस ठुलो पार्टीको रुपमा स्थपित गर्न सफल भयो भने नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससँग गठबन्धन गरेपनि तेस्रो पार्टीको रुपमा मात्र सिमित हुन पुगेको छ । निर्वाचनको वेला र नेकपा–नेकपा मिलेर बनेको सरकार ढाल्न समेत भुमिका खेलेको नेकपा माओवादी केन्द्र फेरी एकपटक सत्ता गठबन्धन छोडेर अर्को बाम घटक नेकपा एमालेसँग मिलेर सरकार चलाउने सहमतिमा पुगेको छ ।
त्यसको अलवा नेपालमा कस्को सरकार बन्ला, कसरी बन्ला भन्ने बिषयमा मानिसहरुमा संसय भइरहेको वेला एक्कासी फुत्त केही महिना अगाडीमात्र स्थापना भएको स्वतन्त्र पार्टी, पुरातन प्रबृति बोकेर हिडिरहेको राप्रपा,तराईमा पृथक राज्यको आन्दोलन गरेर स्थापना भएको पार्टी र त्यसको नेतृत्व गरिरहेको सिके राउत समुहको जनमत पार्टी, टिकापुर हत्याकण्डसँग जोडिएको उन्मुक्ति पार्टी,पाहाडी मुलका मानिसहरुलाई जिउदै आगो झोस्ने त्यतिवेलाको जन अधिकार फोरम हालको जनता समाजवादी पार्टी नेपाल र त्यसको नेतृत्व गर्ने उपेन्द्र यादव समुह, जहिले पनि सत्तामा रहनको लागि पार्टी परित्याग गर्न सक्ने प्रभु शाह, अमरेश कुमार सिंह जस्ता संसदहरुको पनि प्रचण्डको नेतृत्वको सरकारमा सहभागी भएका छन् ।
यस घटनावाट नेपालको राजनीतिमा के हुदैन भन्ने शव्दको पुर्ण विराम लागेको छ । जे पनि हुन्छ । जस्तो पनि हुन्छ । जसरी पनि सरकार बन्छ । त्यो जनताको पक्षमा होस् वा नहोस् । नेताहरुको स्वार्थ मिल्नुपर्छ, विदेशीको इच्छा अनुसारको हुनुपर्छ भन्ने तरिकाको सन्देश जानेगरी नेपालको राजनीति अगाडी बढेको देखिदै छ । त्यसकारण नेपालको राजनीतिमा जे पनि हुन्छ जस्तो पनि चल्छ भन्ने सन्देश नै जाने गरी सहमतिहरु हुने गरेका छ्न् । सिद्धान्त, विचार एकातिर सहमति अर्कोतिर गरेर काँग्रेस, कम्युनिष्टहरु जय नेपाल र लालसलाम भन्दै चुनावताका नाटक मञ्चन गरेको पनि जनताले देखेकै थिए । परिवर्तनको नाममा नेपालका नदी नालाहरु सम्झौताहरु गरेर नेपालको प्राकृतिक स्रोत भारतीयहरुलाई सुम्पेको ईतिहास साक्षी नै छ । क्रान्तिको नाममा जंगे पिलर उखेलेर गायव बनाएका घटनाले नेपालको राजनीति नेपाली जनताको हितमा होइन अरुनै कसैको स्वार्थ केन्द्रीत भएको विगतमा देखिएकै थियो ।
२०७९ सालका निर्वाचनहरुमा भएका अवाञ्छित गतिविधि गरेर चुनाव जित्ने पार्टीहरु आफ्नो स्वार्थ पुरा गर्न लागेका थिय तर त्यो विदेशी र्निदेशनमा माथिका नेताहरुलाई कतिवेला कस्लाई कुन तरिकाले प्रयोग गर्छ भन्ने बिषयमा हेक्का थिएन । पछिल्लो घटना पछि गलत गरेर निर्वाचन जितेको परिणामले गलत नै नतिजा दिनेगरी नेपाली काँग्रेसलाई दिएको माओवादी केन्द्रको झापट सतहमा देखिन आईपुगेको छ ।
यसरी व्याक्तिगत स्वर्थ सिद्ध गर्नको लागि गरिने राजनीतिले नेपाल देशको हितमा र नेपाली जनताको हितमा हुने देखिदैन । नेपाल देश र नेपाली जनताको हितमा निष्ठापुर्वक काम गर्न सक्ने क्षमता भएको देशभक्त राष्ट्रवादी शक्तिको आवश्यकता देशले खोजेको छ । संसद हुनेले देशको नेतृत्व गर्ने चलनलाई अन्त्य गरेर देशको सेवा गर्न सक्ने क्षमता भएको समाजवाट अर्को मानिस चुन्नु पर्ने टडकारो अवश्यकता देखिएको छ । यसो गर्न सकियो भने गलत ढंङगावाट चुनाव जितेर गलत नीति र थिति चलाउने कुसस्कारको अन्त्य गर्न सकिन्छ र सवल, सक्षम, योग्य, दक्ष, स्वस्थ व्यक्तिहरुले बनाएका नीतिहरु देशमा लागु गर्ने , पालना गर्ने र सुसभ्य, स्वतन्त्र, देशको रक्षा र जनताको हितमा हुने वातावरण बन्छ त्यसपछि नेपाल साच्चैको विकसित नेपाल बनाउन सकिन्छ । यस्तो अवस्थाको सृर्जना गर्न तर्फ नेपालका बुद्धिजीविहरुको हस्तक्षेपकारी भुमिका आवश्यक छ ।
नेपालको राजनीतिमा जे पनि हुन्छ भन्ने चलनको अन्त्य आवश्यक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend