जन आकाश
मोहन कार्की ।
नेपालमा लिट्टे, गोन्जालो,के के नामले पुकारर्ने नाम हो पुष्पकमल दाहाल प्रचण्ड २०५२ सालवाट जनयुद्ध घोषणा भएसँगै युद्धको कमाण्ड गरेका कमाण्डर पुष्पकमल दाहाललाई जनयुद्धताका नै प्रचण्ड भन्ने नै छैन । त्यो काल्पानिक नाम हो भनेर कसैले ज्ञानेन्द्र शाह, कसैले विदेशी के के नाम दियर हल्ला गरेको सुनिन्थ्यो । जतिवेला नेपालका डाडा काडाहरुमा वम पड्कायर बारुद्धको धुवाले मनिसहरुको मुटु थर्कमान पार्दथ्यो भने आकाशमा उडेका चराहरु आताङकित हुन्थे तर यता मानिसहरुमा भने गाउँ गाउँमा गरिवीसँग जुदिरहेका गरिव, किशान,भरिया अभावग्रस्ता ग्रमिण क्षेत्रमा भने जनताको शासन आउन लागेछ । सामन्ति सत्ता विरुद्ध जनताका सिपाहीहरुले आक्रमण गरेछन् । जस्ता गफहरु गाउँबस्तीहरुमा सुनिन्थे । हो ति गरिवी अभाव र भुगोलले ठगिएका अव्यवस्थित वस्तीहरुमा मानिसरु परिवर्तन चाहान्थे । त्यही परिवर्तन होस भनेर नै होला जनताले माओवादीहरुलाई समर्थन गरेका देखिन्थ्यो । त्यही समर्थन गरकै कारण हजारौ जनताका छोराछोरीहरु युद्धका क्रममा धेरैले अनाहकमा ज्यान गुमाउन पुगेका थिए ।
यस्तो भयावह युद्ध झण्डै १० बर्ष नेपालमा चल्यो दैनिक हताहती नभएको दिन हुदैन थियो । मार्ने कि माओवादी हुन्थ्यो कि नेपाली सेना, प्रहरी हन्थ्यो समाचार रेडियोमा बज्थ्यो पत्रपत्रिकामा आउथ्यो । मर्ने नेपाली नै हुन्थे । माओवादीले सामन्ति सत्ताका भाडाका टट्टु भनेर सरकार मातहतका कर्मचरीहरुलाई भन्थे भने सरकार पक्षले माओवादीलाई आताङकारी भन्थ्यो । तर माओवादीहरुले ग्रमिण इलाकाका जनतालाई जनताको शासन माओको सिद्धान्त सर्वहारावर्गको मुक्तिको लागि जनयुद्ध लडाई लडेको भनेर जनतालाई विश्वासमा लिएको थियो । तिनै जनताको विश्वासमा र जनताको सहयोगमा गाउँवस्तीमा माओवादी कार्यकर्ताहरु सुरक्षित थिय । माओवादीका नेताहरु काहा हुन्थे, कसरी बस्थे कसैलाई पत्तै हुदैनथ्यो ।
जव २०५८ सालमा पहिलोपटक नेकपा माओवादी र नेपाल सरकारको वार्ता भई शान्तिप्रक्रियामा आउने तयारी भयो त्यतिवेला काठमाडौमा माओवादीका चर्चित नेता डा.बाबुराम भट्टराई सहित ५ जना नेताले खुल्ला मञ्चमा सार्वजनिक हुदै भाषण समेत गरेका थिए । शहरका मान्छेले माओवादी भनेका जंगली जनावर हुन भन्ने भ्रम पाल्थे त्यो २०५८ सालमा खुल्ला मञ्चमा एसियाकै पढेलेखेका विद्धावान डा. बाबुराम भट्टराई जस्ता नेता पनि त्याहा देखेपछि माओवादी भनेका पनि मानिस नै रहेछन् भन्ने शहरियालाई परेको थियो ।
अनेक खालका धक्का र मुक्का बम बारुद्ध, गोली, घरेलु हत्तियार समेत प्रयोग गरेर सरकारलाई हायाल कायल बनाउदै देशमा अस्थिर राजनीति बनाई आफ्नो अनुकुलको राजनीति बनाउन सफल माओवादीले २०६२ साल मंसिर २ गते भारतमा सात दलीय गठबन्धन सहित १२ बुदे दिल्ली सम्झौता गरी शहरी जनआन्दोलमा साथ दिने निर्णयमा सही ठोकेको थियो । त्यही दिल्लीमा भएको हस्ताक्षरले शान्ति प्रक्रियामा फसेको माओवादी पार्टीसहितको आठ दलीय गठबन्धनले गरेको जन आन्दोलनको बलमा २०६२÷६३ जनआन्दोलन सफल भएको थियो र नेपालमा राजनतन्त्रको अन्त्य भएको थियो ।
२०६२÷६३ को अन्तरिम सरकारमा सहभागी भएको माओवादीले २०६४ साल चैतमा भएको संविधानसभामा सवैभन्दा ठुलो पार्टीको रुपमा जनमत प्राप्त गरेको थियो । त्यो लगतै पहिलोपटक २०६५ साल साउनमा प्रधानमन्त्री बनेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको ८ महिना पुग्न नपाउदै पशुतिनाथको भारतीय भट्ट पुजारीलाई हटाउने र प्रधान सेनापति प्रकरणमा ठुलो विवाद उत्पन्न भएपछि पुग नपुग ९ महिनामा नै प्रधानमन्त्रीको कुर्सीवाट राजिनामा दिएर हिडेका थिए । जनताले माओवादीवाट जनताको शासन सर्वहारा वर्गको मुक्ति माओको सिद्धान्त लागुहोला र जनताका सुदिन फर्केलान् भन्ने सोचेका थिए । त्यस्तो परिवर्तन प्रचण्डको नेतृत्वमा काही कतै देखिएको थिएन । त्यो छोटो समय भएको भनेर अथ्याउन पाएका थिए । संविधान सभाको निर्वाचन भएर २ बर्षभित्र संविधान जारी गर्ने समयमा पालैपालो प्रधानमन्त्रीको फोटो झुण्ड्याउन माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईले अवसर पाएका थिए । तर अन्तमा संविधानसभा विघटन गरेर तत्कालीन प्रधानन्यान्याधिस खिलाराज रेग्मीको अध्यक्षमा पुनः २०७० सालमा पुन संविधानसभाको निर्वाचन गाराउनु परेको थियो ।
२०७३ साल साउन १९ गते पुनः नेपाली काँग्रेसको प्रस्तावमा दोस्रोपटक प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यतिवेलासम्म जनताको पार्टी सर्वहारा वर्गको पार्टी र ग्रमिण इलाकामा जनताले चाहेको परिवर्तन जनताले महसुस गर्न नपाएपछि राजतन्त्र र गणतन्त्रमा खासै फरक नपरेको भन्दै जनताले तेस्रो पार्टीको रुपमा माओवादीलाई झारिदिएका थिए । २०७४ मा २०७२ सालमा बनेका नयाँ संविधानले तय गरेको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले र माओवादीले गठबन्धन गरी निर्वाचनमा गएको थियो त्योवेला पनि तेस्रो पार्टीको रुपमा रहेको माओवादी २०७९ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेससँग स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचनमा गठबन्धन गरेको माओवादी तेस्रो स्थान कायम गर्न सफल हुदै आएको छ ।
२०७९ पौष १० गते गठबन्धनको साथ छोड्दै नेकपा एमालेको सर्मथनमा तेस्रो पार्टीका अध्यक्ष तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बनेका छन् । तर जनताको जीवनस्तर देशको अवस्थामा सुधार आउने वा केही व्यवस्थित हुने बिषयहरु आशा मार्न नसकिएपनि भरोसायोग्य नै छ भन्न सक्ने अवस्था चै छैन ।
त्यो भन्न नसकिने आधार भनेको विगतमा २ पटक प्रधानमन्त्री भइसक्दा पनि प्रचण्डको नेतृत्वमा जनताले प्राप्त गर्नुपर्ने भुमि आयोग किन बन्न सकेन द्धान्द्धपीडितहरुको सावधान गर्न नसकेको जस्ता बिषय स्यम प्रचण्ड आफैले सार्वजनिक स्थलमा बोलेका छन् । त्यसकारण प्रधानमन्त्री पाउनु मात्र ठुृलो बिषय होइन । देशमा छरिएर रहेका गउँवस्तीका जनताई महसुस हुनेगरी काम गर्ने भन्ने बिषय प्रचण्डको डायरीमा परेनन् भने जनताले हात्ति हात्ति आयो फुस्स भन्ने दिन आउन सक्छ त्यस्तो भन्ने दिन आउन नदिनु देशको कार्यकारी बनेका प्रचण्डको ध्यान पुुगेमा नेपाल देशकै लागि राम्रो हुनेछ भन्ने आशा गरौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend