logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेशनल लाईफ इन्स्योरेन्सको तीनदिने चेयरपर्सन कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, पुष ११ २०७९

 



नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता हरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी ७ गते सम्म)“चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टीमा सम्पन्न गरेको छ ।

२०७८/२०७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढि अभिकर्ता हरुलाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यको पस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित अभिकर्ता हरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ता हरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक श्री सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो ।

साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ता हरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराईएको थियो ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट हुनु भएको सबै अभिकर्ता हरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नु भएको थियो ।

समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउनु हुँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गर्नु भयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री ज्यूले स्वागत भाषणका क्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धत्ता जनाउनु भयो ।

सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ता हरुलाई सम्मानित गरिएको थियो ।

भने नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसाय बाट प्रथम हुने १ जना गरी ७जनालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कार बाट सम्मानित गरिएको थियो ।

सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend