जन आकाश
मुक्तिनाथ विकास बैंक ले आफ्ना ग्राहकहरुलाई थप सेवा दिनदरबार मार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी“गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले“गुरु ट्राभल्स लिमिटेड”मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेकोVISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend