logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रजातन्त्र सेनानी चित्रकारको पुण्य तिथिमा ह्वील चियर र स्टेचर हस्तान्तरण


  • जन आकाश
  • सोमबार, पुष ११ २०७९

 



काठमाडौं । प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अबसरमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ ।

तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो ।

प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकार अध्यक्षतामा शनिबार सम्पन्न श्रद्धाञ्जली सभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वील चेयर हस्तान्तरण गरिएको हो ।

काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जली सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराज भक्त श्रेष्ठले स्वर्गिय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याउनु भएको योगदानको खुलेर प्रसंसा गरेका थिए ।
चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको संसाद श्रेष्ठले सभामा सुनाए ।

त्यसै गरी नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षती पुगेको बताए ।

काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यस माथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्ने भएपछि विरामीहरुलाई ह्वील चेयर र स्टेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएका छन् ।

श्रद्धाञ्जली सभामा कामनापा वडा नं. २५ का अध्यक्ष राजेश डंगोल, प्रजातन्त्र सेनाली संघका अध्यक्ष उत्तमलाल श्रेष्ठ लगायत कार्यकर्ताहरुको सहभागिता थियो ।

सभामा उपस्थित सवैले स्वर्गिय चित्रकारको तस्विर सामू पुष्प गुच्छ अर्पण गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend