logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सूर्यज्योति अब अझ बृहत ,अझ सबल र अझ बिशाल


  • जन आकाश
  • बुधबार, पुष १३ २०७९

 



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ ।

सूर्र्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भई बनेको सूर्यज्योतिले पुस ७ गते देखि एकीकृत कारोबार शुरु गरेको थियो ।

असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफलभएको हो ।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजीरु ४.५४ अर्ब पुगेको छ

कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफलभएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवनबीमा कोष रु २२ अर्ब,लगानी रु २८अर्ब र कुलशाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रम अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ ।

सूर्य र ज्योतिमा सात रंग भए झैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ ।

उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएकाथिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए ।

साथै अध्यक्ष सिलवालले जीवनबीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए ।

मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमाकाम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अधक्ष्य भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरु ,कर्मचारी साथीहरु ,मार्ग निर्देश गर्नुहुने बिमा प्राधिकरण तथा शेयरधनी महानुभावहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखा परीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे ।
सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्वकम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अव्वल साबित गरेको ज्योति लाइफ कम्पनिबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।

मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्य ज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले,कम्पनीको प्रगतितथा सफलताको कामना दिनुका साथै आआफ्ना तर्फबाट शुभकामना व्यक्त गरे।

साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नाम जस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन ।

कम्पनीले एकिकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend