जन आकाश
टाटा मोटरसको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग द्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्पको आज सफलतापूर्वक सम्पन्न भएको छ ।
यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।
त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा,
इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , सर्रा, धनगढी , नेपालगंजमा रहेका छन्।
यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा सपेसेन्जर श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरुको सहभागिता थियो ।
यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए ।
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश
१८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि निस् शुल्क प्रदान गरिएको थियो ।
यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज
अन्तर्गतको रु ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो ।
हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ ।
यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको थियौ सिप्रदी ट्रेडिंगका कस्टोमर केयर प्रमुख कुमारी भण्डारी बताउनुहुन्छ।
यो क्याम्पमा हामीले साँच्चै अपेक्षा भन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो ।
यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा र सुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend