जन आकाश
काठमाडौ । नेपाल प्रहरीले आज काठमाण्डौको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।
निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो टे«डर्स्मा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा निज ब्यक्तीले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामीदिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतीपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।
रौनियार मात्र नभएर देशभरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन्।
प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend