जन आकाश
काठमाडौ । मिति २०७९ साल पौष १४ गते शुक्रबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ ।
उक्त भेटघाट तथा छलफलमा उपप्रधान मन्त्री तथा अर्थ मन्त्री पौडेलले मैलै अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको छु भन्नु हुदै अटोमोवाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनु भयो । सोही क्रममा उहाँले अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिनु हुदै अटोमोवाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गर्नु भयो ।
सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण पहिल्यै देखि प्रताडित भएको अटोमोवाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पु¥याएको कारण ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गर्नु भएको थियो ।
सोही क्रममा अध्यक्ष थापाले बढदो व्याजदर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमा भित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि LC खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामाLoan to Value Ratio को हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गर्नु भएको थियो ।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend