logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राजा बीरेन्द्रको शालिक सम्पदालाई संरक्षण गर्नु नै प्रतिष्ठानको मुख्य लक्ष्य


  • जन आकाश
  • शुक्रबार, पुष १५ २०७९

 



काठमाडौं । १४ पुस शान्तिप्रेमी राजा बीरेन्द्र बीरबिक्रम शाहादेवको स्मरण गर्दै ७८ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले बिहिबार जावलाखेल स्थित राजा बीरेन्द्रको शालिकमा दीप प्रज्वलन गरि बीरेन्द्रको ७८ औं जन्म जयन्ति मनाएको हो ।

राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले आज नेपाल शान्तिक्षेत्र घोषणाका प्रस्तावक राजा बीरेन्द्रको ७८ औं जन्म  जयन्तीको अवसरमा देशमा स्थायी शान्तिको कामना सहित विगत वर्षमा जस्तै जवलाखेल स्थित राजा बीरेन्द्रको शालीकमा माल्यार्पण तथा दीपप्रज्वलन गरेको छ ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ। इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराज कुमारी श्रुती लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमालिने गरेको छन् । स्व.राजाबीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्ष थिएभन्ने कुरा इतिहासले नै सावित गरेको छ ।

उहाँले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएकाथिए । उहाँको प्रतावलाई ११६ राष्ट्रले हस्ताक्षर गरेको र केहि राष्ट्रको विरोधको कारण यसले सार्थकता नपाएको प्रष्टै छ । उहाँको निधनसंगै यस विषयले प्रसय पाएको छैन । राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मुल्यांकन गरि देशमा शान्ति र अमनचयन राख्नुनै उहाँप्रतिको सच्चा सम्मान हुनेछ भन्ने प्रतिष्ठनको ठहर छ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend