logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’


  • जन आकाश
  • शुक्रबार, पुष १५ २०७९

 



काठमाडौ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएकोछ ।

उक्त योजना अन्तर्गत कम लगानी मै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ। ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्ने छन् ।

नयाँ अवस्थामा लिँदा १ करोड५० लाख नेपाली रुपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् ।

यसअघि ३६१ घण्टादेखिबढिमा २९५० घण्टासम्मप् रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेकाछन् भनि हुन्डाईको नेपालका आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले जानकारी दिएको छ । उसले भनेको छ । सुपथ मुल्यमा काम गर्न इच्छुक तर धेरै लगानी जुटाउन नसकेर बसेका निर्माण कप्पनीहरुलाई सहज रुपमा काम गर्ने वातावरण मिलोस भनेर यस्तो अफर ल्याईएको कम्पनीले बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend