logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आविष्कार केन्द्रलाई युएन कजेजको आर्थिक सहयोग


  • जन आकाश
  • शुक्रबार, पुष १५ २०७९

काठमाडौ । सुनसरीको घरान उपमहानगरपालिका १६ मा बिगत दश बर्षदेखि संञ्चालन हुदै आएको नबोदय प्लस टुु यु एन कलेज ले राष्ट्रिय आबिश्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।



युएन कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको नेतृत्व गरी शुक्रबार कलेजको तर्फबाट कलेजका प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिश्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरको हुन ।

युएन कलेजका कलेज प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु बिज्ञान संकायका कोअडिनेटर आकास अधिकारी लगायत ५० बिद्यार्थीहरुलाई आबिश्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिंह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै केन्द्रको अवलोकन भ्रमण समेत गराएका थिए ।

कलेलका बिधार्थी दिपेन भण्डारी, सेबिका राई, सुसान जिसी असु लिम्बु लगायतले आबिश्कार केन्द्रको बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए । सो प्रश्नको जवाफ दिदै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताउँदै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए ।

बिद्यार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा.महावीर पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनु पर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिदै नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आबिष्कार केन्द्रले गर्ने बताए ।

उनले भने नविन सोच छ र त्यसलाई उपयोग गरेर नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ भने उहाँलाई आवश्यक सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने बताए ।आविष्कारले आर्थिक विकास गराउने र त्यसैले रोजगारी सिर्जना पनि गर्ने भएकाले आविष्कार कुनै पनि देश समृद्धिको महत्वपूर्ण आधार भएको उनले बताए । कुनै पनि चिजको प्रोटोटाइप बनाउन सहयोग गर्छौं। प्रोटोटाइपले राम्रोसँग काम ग¥यो भने त्यसलाई बजारमा लैजान सकिने गरी कमर्सियल प्रोडक्ट बनाउन पनि आविस्कार केन्द्रले नै सहयोग गरिरहेको बिर्थीहरुलाई बताए ।
बिधार्थीहरुले सोधेका प्रश्नको जबाफ दिदै पुनले भने इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएका बताए ।

त्रिभुवन विश्वविद्यालय परिसर भित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल कार्यालय रहेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित आविष्कारका कार्यहरू गरिरहेको छ । नयाँ–नयाँ खोज आविष्कारका कार्यहरू गरिरहेको छ । शैक्षिक क्षेत्र विद्यालयहरू, विश्वविद्यालय भनेको पढाउने ठाउँ हो । त्यस्ता पढाउने ठाउँ संसारभरी नै छन् । सबैको पढाउने तरिका उस्तै हो । पढाइ सकेपछि उनीहरूलाई एउटा व्यवहारिक किसिमको शिक्षा दिनुपर्ने हुन्छ, त्यस प्रकारको ज्ञान दिन नसक्नु नै कमजोरी छ ।

विद्यालयहरू खोलेर विद्यालयहरूमा जति सक्दो बालबालिकाहरूलाई ल्याएर उनीहरू साक्षर बनाउने अध्ययन गराउने अभियान थियो । साक्षर बनाउनुको साथ–साथै उनीहरूलाई आफ्नो खुट्टामा आफै उभिने बनाउनको लागि, उद्यमी बनाउनको लागि शिक्षा दिएपछि त्यस किसिमको वातावरण निर्माण गर्ने कार्यमा पटक्कै प्रयास गरियन । जागिर खानेहरूले पढेर प्रमाणपत्र लिएर जागिर खाओस् तर कसैले उद्यमी बन्छु भनेर उद्यमी बन्नको लागि प्रमाणपत्रले काम गर्दैन । उद्यमी बन्नको लागि उनीहरूलाई उचित वातावरण दिनुपर्छ । अनुसन्धान आविष्कार गर्ने किसिमको वातावरण बनाई दिनुपर्छ ।

उनले विद्यार्थीहरूलाई भने जागिर खाने भन्ने कुरा अन्तिम अवस्थामा केही सीप लागेन भने मात्र खाने भन्ने हो । उद्यमी हुने किसिमको काम गर्छु । चाहे समाजको फाइदाको लागि होस् चाहे व्यक्तिगत फाइदाको लागि होस् त्यस्तो किसिमको लक्ष्य मनमा राख्नुप¥यो । त्यही अनुसार काम अघि बढ्नुप¥यो । भोली जे–जे हुन्छ त्यही अनुसार गर्ने हो ।
हामीहरू योजना बनाएर अगाडि बढ्दै जादैछौ । आविष्कार केन्द्रमा यो वर्षमा यो काम गर्ने भनेर योजना बन्दैन र बनाउन सकिदैन । आविष्कार, अनुसन्धान भन्ने कुरा कुन मान्छेलाई कुन समयमा कस्तो किसिमको चिन्तन आउछ भन्ने थाहा नै हुँदैन । तसर्थ यो वर्षमा यो काम गर्ने भनेर योजना बनाउन सकिदैन । अनुसन्धान, आविष्कार भनेको त मान्छेको दिमागमा आएको उपजलाई व्यवहारिक रूपमा ढाल्नलाई यो केन्द्र खोलेको हो । मान्छेको दिमागमा आइडिया त धेरै आउछ । ती आइडियाहरू आउछ, हराउछ । त्यसकारणले भाई बहिनीहरूलाई राम्रो आइडियाहरू आयो भने भनि हाल्नुप¥यो । आइडिया निकाल्दाखेरी व्यवहारिक रूपमा सफल र उद्यमी बन्ने किसिमको आइडियाहरू निकाल्नु पर्दछ उनले भने ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend