जन आकाश
भक्तपुर । मिती २०७९ पौष १५ गते सेफ सेट रिभिल भएको छ । शो को सेट ठिमी भक्तपुर स्थित रोयल थाइ हस्पिट्यालिटी को प्राङ्गण भित्र रहेको छ ।
शो का मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारी सेटको रिभिल गर्नु भएको हो । शो का अन्य जज सेफ गणेश बहादुर ढकाल तथा भान्से लक्ष्मण प्रशाद भन्डारी पनि उपस्थित भई सेटको रिभिल तथा कार्यक्रम बारे थप जानकारी उपलब्ध गराउनु भएको थियो । शो का निर्माता धर्मराज पाण्डेले कार्यक्रम को तालिका, प्रतियोगि, तथा शो को उदेश्य बारे थप प्रष्ट पार्नु भयो ।
सेफ नेपाल बारे प्रष्ट पार्दै निर्माता धर्मराज भन्नुहुन्छ कि यस शो को मुख्य उदेश्य भनेको टेलिभिजनको पर्दा बाट खाना पकाउदै दर्शक माझ मनोरन्जन प्रदान गर्नु नै हो । नेपाली खानाको प्रबर्धन, सेफ जगत को उत्थान, पाक कलाबारे चेतना, खाना र स्वास्थ्यको सम्वन्ध लगायत अनेक महत्वपुर्ण बिषयहरु यो शो ले उजागर गर्ने भए पनि टेलिभिजन पर्दामा चहिने महत्वपुर्ण डेलिभरी भनेको मनोरन्जन नै हो ।
सेफ नेपाल टिम यस डेलिभरी बारे सचेत छ । यो शो देशमै यस बिधामा पहिलो कार्यक्रम हो । बाटो बनाउदै सबैलाई बुझाउदै अघी बढ्नु एक प्रकारको चुनौती जस्तै भएको छ । तर सबै चुनौतीहरु लाई सामना गर्दै हामी धेरै अघी आइसकेका छौ । आज को सेट रिभिल त्यसको एक उदाहरण हो । सेट रिभिल भए सगै अब छिटै नै शो को छायाँकन कार्य शुरु हुने छ । पाण्डेले भने,
शो जम्मा १८ इपिसोडको हुने छ । ८० प्रतिस्पर्धिहरु शो मा प्रतिस्पर्धा गर्न को लागी तम्तयार छन । हिमालय टिभी बाट प्रशारणा हुने यो नेपालकै पहिलो फुड रियालिटी शो हो । यस शो का बिजेता ले नगद रु २५ लाख प्राप्त गर्नेछन भने रु १० लाख भन्दा बढीको उपहार दर्शकहरुले यस शो को क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन । शो ले भर्पुर मनोरन्जन, नेपाली खाना बारे ज्ञान, नयाँ नयाँ खानाको परिकार, खाना पस्कने नयाँ कला लगायत धेरै बिषयलाई समेट्ने छ । नेपालको गेस्ट्रोनोमि टुरिजममा समेत यो कार्यक्रमले टेवा पुर्याउने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend