logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संजय साई बाबाको ३५ जन्मोत्सवमा रक्तदान


  • जन आकाश
  • आइतबार, पुष १७ २०७९

काठमाडौं । आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् ।



अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले बालकुमारी स्थित आफ्नै श्री संजय साई बृन्दाबन आश्रम परीसरमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १०८ जना साई भक्तहरूले रक्तदान गरेका थिए । सङ्कलन गरेको फ्रेस ब्लड नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सन्चार केन्द्र कार्यालय लाई हस्तान्तरण गरिएको थियो ।

श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस १ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय सेवामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

बाबाको ३५ औ जन्मोत्सव माघ ६ गते शुक्रबार काठमाडौंको सानो गौचरन खेलकुद मैदानमा एक विशेष समारोहको आयोजनागरी मनाइदै छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशिस्ट ब्यतित्वहरूको उपस्तिथिती रहने सस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनु भएको ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend