जन आकाश
काठमाडौ । जुत्ता उत्पादक कम्पनीहरुको छाता संगठन फुटवेयर म्यानुफ्चर्स एशोसिएसन अफ नेपालले १६ औ फुटवेयर औद्योगिक प्रर्दशनी गर्ने भएको छ । उक्त प्रर्दशनीमा विगतको तुतलनामा फरक पन दिनका लागि ठुला स्केलका जुत्ता–चप्पल सम्बन्धि ज्ञानमुलक कार्यक्रम प्रदर्शन र अन्तराष्ट्रियस्रतका विज्ञहरु समेत बोलाई अन्तराष्ट्रिय फटवेयर औद्योगिक प्रदर्शन गर्न लागेको सार्वजनिक कार्यक्रममा बताइएको थियो ।
मितिः २०७९ साल पौष १७ गते वल्ड टे«ड सेन्टरमा पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको थियो । आयोजना संयोजक तथा फुटवेयर म्यानुफ्याकचरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले उक्त मेलाको वारेमा जानकारी गराएका थिए ।
भने कार्यक्रममा अध्यक्ष तथा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता–चप्पलको वारेमा विगतमा भएका अनुभव र नयाँ टे«ण्ड ल्यउन नयाँ तरिकाले बृहत तथा अन्तराष्ट्रियस्तरमा कार्यक्रम गरी नेपालको जुत्ता–चप्पल मात्र होइन नयाँ परिस्थितिसँगै नयाँ तरिकाले अन्तराष्ट्रियस्तरमा नेपाली उत्पादनले पनि अन्तराष्ट्रियस्रतमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने विश्वास बढाउने गरी अन्तराष्ट्रियस्तरको औद्योगिक प्रदर्शन गर्न लागेको जानकारी गराएका थिए ।
यहि पौष २१, २२, २३ गतेदेखि भृकुटीमण्डममा हुने फुटवेयर १६ औ अन्तराष्ट्रिय औद्योगिक मेला भव्य हुने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । पत्रकारहरुले सोधेका प्रश्नमा एशोसिएसनका अध्यक्ष र उपाध्यक्षले उत्तर दिएका थिए ।
कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भने त्यस अन्तराष्ट्रिय फुटवेयर प्रदर्शन मेलालाई सघाउने किरण सुजका सञ्चालक अमिर प्रताप राणा लगायतलाई विशिष्टताको आसन ग्रहण गराईएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend