logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनमा विवाद भोलीको कार्यक्रम प्रभावित हुने संकेत


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

 



काठमाडौं–पेशागत हकहितका लागि स्थापित भनिएको जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) फुटवेयर क्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ । संघकै पदाधिकारीहरुले विधान उलंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् ।

मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको उनीहरुको आरोप छ । त्यसको हिसावकिताव साधारणसभामा हुने भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका छन् । भने फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल संघवाट असन्तुष्ट भई भृकुटी मण्डपमा छुट्टै मेला लगाईरहेका व्यापारीलाई संघका उपाध्यक्ष तथा मेला संयोजकले भोलि हाम्रो उदघाटन सत्र छ । त्यहा राष्ट्रपति आउनु हुन्छ तपाईहरुको के पारा हो यहावाट स्टलहरु उठाइहाल्नुस भन्दै व्यापारीहरुलाई थर्काएपछि विवाद सृर्जना भएको बुझिन आएको छ ।

हाम्रो जन आकाश मिडियाको कार्यलयमा फोन गरेर फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका असन्तुष्ट उद्योगीहरुले संघका उपाध्यक्ष र अध्यक्षको ज्यादतीको भण्डाफोर गर्नुप¥यो तपाईहरुको साथ चाहियो भनेर आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै बर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । तर संघ आफैंले बैशाखयता ६ पटक मेला आयोजना गरिसकेको छ । संघमा गुट बनेपछि एउटा समुहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला हुँदै आएको छ ।

संघले यही बर्ष ६ पटक मेला गरिसकेको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर भृकुटीमण्डपको चौर बुक गरिसकेको छ ।
संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । त्यतिले मात्र नपुगरेर स्टलमा गएर समेत संघका पदाधिकारीले असन्तुष्ट उद्योगीलाई धम्काउन थालेपछि विवादको जरौ सतहमा आएको हो ।

वर्तमान कार्यसमितिले विधान मानेन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका नानीराज घिमिरेको नेतृत्व संघमा आएपछि विवादै विवाद हुन थालेको र त्यसमा उपाध्यक्ष सुरज बञ्जाडे त्यसको कारक भएको संघ यतिवेला नानीराज घिमिरेले भन्दापनि सुरज बञ्जाडेले चलाउने गरेको संघको विधानको वर्तमान कार्यसमितिले उल्लघन गरेको असन्तुृष्ट पक्षको आरोप छ ।

जव कि संघका पदाधिकारी आफैंले यही बर्ष ६ पटक मेलामा सहभागिता जनाइसकेका छन् । संघको विधानले बर्षको दुई पटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको थियो । सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरुमाथिको कारबाही फुकुवा गर्नु पर्ने सर्त राखेका थिए । त्यसपछि संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएका मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो ।
संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् । उता सानो चौरमा भएको मेलामा सहभागिता जनाउनेहरुलाई चाहिँ पाखा लगाउने नियत संघको देखिन्छ । संघको बिधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्मा बिधानमा बार्षिक रूपमा दुइ पटक सेल मेला र एक पटक बार्षिक मेला गर्ने गरि मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट हर बखत ब्यानर मेला लगाइ मेला लगाइको बताउँछन् । उनले भने, बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुषको आजसम्म संघले गरेको मेला बिधान सम्मत छ उनी प्रश्न गर्छन् ।

हिजो भृकुटी मन्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला बिधानबिपरित भयो भनेर संघका सदस्यहरुलाइ कार्वाही गरिएको भनेर प्रचार गरिएको थियो, उनले भने, आजसम्म सघको नाममा लगाएको मेला के बिधान सम्मत छ ? यसरी असन्तुष्टी ब्यक्त गर्न शर्मामात्र हैन, धेरै सदस्य छन् । महासंघले एउटा गुटलाई मात्र प्रश्रय दिएको उनीहरुको आरोप छ ।

विधान विपरित मेलाका नाममा पैशा मागेको भन्दै चर्चित ब्राण्डहरुले भाग लिएनन् ।

त्यसैले पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर, क्यालिबर, मकालु, हाइलाइफ, स्काइ, लेदर विङ्स, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, टाकुरालगायतका कम्पनीले अहिलेसम्म बुकिङ गरेका छैनन् । ती ब्राण्डको सहभागिता नहुने सम्भावना बढेको छ ।

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । संस्थागत सदस्य तथा पुर्व अध्यक्ष भईसकेका रामकृष्ण प्रसाईद्धारा सञ्चालित शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।

केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादक चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । सानो चौरमा मेला गर्नेहरुलाई चाहिँ उनीहरु विकृति भित्र्याएको आरोप लगाउँछन् । अहिले संघको अध्यक्ष नानीराज घिमिरे छन् । उनलाई संघको विवादबारे कुरा गर्न सम्पर्क गरेका थियौ तर उनले विवादको कुरा सुन्ने वित्तिक्कै फोन काटेका थिए।

संघका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जाडेलाइ फोन गर्दा उनले फोन उठएनन् ।

जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ, एक उत्पादकले भने ।

कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने, उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend