जन आकाश
काठमाडौँ। प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले उपराष्ट्रपति नन्द बहादुर पुन बीच भेटवार्ता भएको छ ।
उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा देशको समसामयीक अवस्था बारे कुराकानी भएको ढकालका स्वकीय सचिब जेन श्रेष्ठले बताए।
उपराष्ट्रपति पुनले सांसद हरुले जन अपेक्षित भूमिका खेली सबै देशबासीको मनोबल उच्च राख्नु पर्ने बताउदै सांसद ढकाललाई बधाई तथा शुभकामना दिए ।
सांसद ढकालले राष्ट्रपति र उपराष्ट्रपति गणतन्त्रको प्रतिक र राष्ट्रको अभिभावक भएकोले जनप्रतिनिधिहरुलाई आबस्यक मार्ग निर्देशन गर्न आग्रह गरे ।
ढकालले आफुले संसदमा जिम्बेवार सदस्यको भूमिका निभाउने बताए। भेटमा नेता ढकाल संगै परिवार दलका महामन्त्री द्वय सन्तोष पौडेल र प्रकाश बाबु थापा पनि सहभागीता रहको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend