logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नबिलबैंक र मिडास एजुकेसन बिच समझदारी पत्रमा हस्ताक्षर


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

 



काठमाडौं ः नबिल बैंक र मिडास एजुकेशन प्रालि बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठन पाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिने छन् ।

भने ट्युसन, गृहकार्यमा मद्दतहुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिने छन् ।
बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend