logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

 



जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराका साथ मिति २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पौष १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

उक्त अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकै } साथ १३ वटा नयाँ शाख तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालय बाटै औपचारिक रुपमा समुद्घाटन गरेको छ। उक्त समारोहको समुद्घाटन गर्दै १७ औं बर्षको सहयात्रमा साथ दिनुहुने शेयरधनीहरु, ग्राहक महानुभावहरु, नियम निकायहरु, कर्मचारीहरु तथा शुभचिन्तक हरुलाई बैंकका अध्यक्ष भरत राज ढकालले धन्यबाद दिनुभएको थियो ।

साथै, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पाार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताउनु भयो ।

जस अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विविन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरु मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विबिध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा,अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्मनिर्भरता बढाउन “मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट”सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरु गरिएको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु,पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाख प्रबन्धकहरु साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend