logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जाडोमा रक्सी पिउँदा ज्यान तात्छ ?


  • जन आकाश
  • बुधबार, पुष २० २०७९

 



काठमाडौं । जाडोयाम, शरीर न्यानो बनाउने  तातो पानी, चिया (कफी पिइरहँदा पनि केही हदसम्म जाडो कम भएको महसुस हुन्छ ।अझ मदिरा सेवन गरे जाडो भाग्छ भन्ने धेरैलाई लाग्छ । जाडोयाममा रम, ह्विस्की जस्ता मदिराको माग बढेको पाइन्छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार पनि जाडोको मौसम र बढी जाडो हुने स्थानमा मदिरा सेवन बढी हुने गरेको छ ।

के साँच्चै जाडोमा रक्सी पिउँदा चिसोको प्रभाव कम हुन्छ । मदिरा पिउँदा मान्छेले कसरी न्यानो भएको अनुभव गर्छन् ।

रक्सी पिएपछि छालाको तहमुनिका नसा केही फुलाउने र रक्तप्रवाह अलिकति बढेर केही समय तातो महसुस हुन थाल्ने न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनालिस्ट डां . मनोज बोहरा बताउँछन् । उनका अनुसार मदिरा सेवनले शरीरको तापक्रम परिवर्तन हुने नभई यस्तो महसुस मात्र हुन्छ ।

‘रक्सीको सेवनले जाडोमा तातो हुन्छ भनेर यसको सेवन गर्नु भने गलत हो । एक छिन तातो महसुस भए पनि यसले शरीरको विभिन्न अंगमा असर गरिरहेको हुन्छ । उनी भन्छन् । जाडोमा मस्तिष्कघात र हृदयघातको समस्या बढी देखिने गर्छ । यसको एउटा कारण जाडोमा बढी रक्सी सेवन पनि हुन सक्ने बोहोरा बताउँछन् ।

रक्सी पिएपछि रक्तनली सुन्निने र न्यानो भएको महसुस हुन्छ । न्यानो हुन्छ भनेर मदिरापान गर्दा कलेजो र मुटुको समस्या निम्तिन सक्ने मुटुरोग विशेषज्ञ डा .अभिषेक ठाकुर बताउँछन् ।

‘मदिरापान गर्ने बित्तिकै रक्तनलीहरुमा एक प्रकारको प्रतिक्रिया हुन्छ । जसले मुटुको चालमा गडबडी गराउँछ, उनी भन्छन्, । रगत पातलो गर्ने औषधि सेवन गर्नेहरूले मदिरापान गर्दा औषधिको प्रभाव कम हुन्छ ।

लामो समयसम्म मदिरापान गर्दा वा धेरै मदिरापान गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्छ । ‘तर मैले त थोरै मात्र मदिरापान गर्छु, महिनामा एक पटक मात्र  त्यसैले मलाई खासै असर गर्दैन भन्ने जुन धारणा छ त्यो गलत हो डा .ठाकुर भन्छन् ।

‘पछिल्लो समय भएको विभिन्न अध्ययनअनुसार थोरै मात्रामा मदिरापान गर्दा वा कहिलेकाहीं मात्र मदिरा सेवन गर्दा पनि मुटु र कलेजोमा असर गर्छ, त्यो असर लामो समयसम्म रहन्छ भनिएको हो ।

कुनै व्यक्तिले वर्षमा दुई–तीन पटक मात्र मदिरापान गर्छ, तर मात्रा बढी हुन्छ भने मुटुको चालमा गडबडी गर्छ । थोरै मात्रामा लामो समयसम्म मदिरापान गर्ने व्यक्तिमा रक्तचाप, कोलेस्टेरोल बढ्ने र मोटोपनको समस्या पनि देखिने डा. ठाकुर बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend