logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

देउवा पक्षका सातै प्रदेशका कांग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै बस्ने


  • जन आकाश
  • बुधबार, पुष २० २०७९

 



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।

सभापति देउवाले आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।

‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो । देउवा पक्षीय एक केन्द्रीय सदस्य भन्छन्,। धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।

प्रदेश १ का देउवा पक्षको बैठक बुधबारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् । बुधबार प्रदेश १ का केन्द्रीय सदस्यको छलफल डाकिएको कार्कीले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल गर्न बैठक गर्न लागिएको हो ।

देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend