जन आकाश
काठमाडौ । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्र प्राप्त संस्थाहरुको हकहित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले मिति २०७९÷०९÷२० बुधवारका दिन अर्थ मन्त्रालयको कार्यालय सिंहदरवारमा अर्थ मन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरी बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुका साथै सफल कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् ।
भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।
सो,अवसरमामर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend