जन आकाश
रामेछाप । रामेछापको रामेछाप नगारपाकिला अन्र्तगतका वडाहरुमा जुनार यो वर्ष उत्पादन बढेको छ । गएका बर्षहरुमा जस्तै जुनारमा किरा नलागेको हुनाले जुनार खेतीमा बृद्धि भएको हो । जुनार उत्पानको मुख्य क्षेत्र मानिने रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगंगा लगायत स्थानमा किसानका बगैँचा जुनारले पँहेलपुर बनेपछि जुनार किन्ने र बगैँचा घुम्न पुग्नेहरू बढेका छन् । किसाहरु पनि खुशी भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ रामेछापको जुनार जोनको सहयोगमा ९० प्रतिशतभन्दा बढी रोग नियन्त्रण भएको किसानहरू बताउँछन् । जुनार उत्पादन क्षेत्रमा घुम्न पुगेका पर्यटहरूले पनि रामेछापको पहिचानको रुपमा रहेको जुनार गुणस्तरीय र मीठो भएको प्रतिक्रिया दिने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले नर्सरी उत्पादनदेखि उत्पादित जुनारको बजारीकरणसम्मको योजना अघि सारेर काम भइरहेको र यसै वर्षदेखि रामेछापमा उत्पादित जुनारको ब्रान्डिङ, लेभलिङ र प्याकेजिङको काम सुरु गर्ने जानकारी दिनुभयो । यो वर्ष रामेछापमा करिब १५ हजार मेट्रिक टन जुनार उत्पादन हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend