जन आकाश
Exif_JPEG_420
रामेछाप । रामेछाप नगरपालिका अन्र्तगत बालमैत्री घोषणा गर्ने लक्ष्य अनुरुप वडास्तरीय बाल सञ्जाल गठन भएको छ । रामेछाप नगरपालिका वडा न.८ वडा अध्यक्ष तथा बाल मैत्रि वडा समितिका अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा एवं रामेछाप नगरपालिका महिला तथा बाल बालिका शाखाका सरिता बुढाथोकि को प्रमुख आतिथ्यमा बाल मैत्रि स्थानिय शासन कार्यन्वयनका लागि शुस्मिता शाही को अध्यक्षमा १९ कार्य समिति केवलेश्वार वडा बाल सञ्जाल गठन कार्य सम्पन्न भएको छ ।
मिति २०७९ पौष २० गते रामेछाप नगारपालिकाको वडा न. ८ को वडास्तरीय बाल सञ्जालको गठन भएको हो । वडास्तरीय बाल सञ्जाल १९ सदसीय रहेको न्यायीक सहज कर्ता दुर्गा सुनुवारले जानकारी दिनुभएको हो ।

Exif_JPEG_420
समुदायस्तरवाट ३/४ जना विद्यालयस्तरमवाट पनि सोही संख्यामा छनौट भई आएका बालबालिकाहरुको भेलाले यस्तो वडास्तरको गठन गर्ने गर्छ भने सोही वडास्तरमा सवै वडामा बाल सञ्जाल गठन भएपछि पालिकास्तरको गठन हुन्छ । तिनै बाल संगठन पुर्ण रुपमा सञ्चालन भएपछि मात्र पालिका बालमैत्री नगरपालिका घोषणा हुन्छ । त्यसैले रामेछाप नगारपालिका चाडै नै बालमैत्री घोषणा हुन लागेको शुरुवातको रुपमा बाल सञ्जाल गठन अगाडी बढेको देखिन्छ ।

Exif_JPEG_420
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend