जन आकाश
काठमाडौ । सत्ता साझेदार दलहरूले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने भएका छन्। हिजो बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले आज बिहीबार पूर्णता दिने निर्णय गरेको थियो। सोही बमोजिम आज अन्तिम रुप दिने तयारी भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राखने जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बबाट विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए। बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend