जन आकाश
काठमाडौ । निलगंगा हाइड्रोपावर कम्पनी प्रा .लि.को सार्वजनिक सुनुवाई स्थगित भएको छ । रामेछाप र दोलखाको सिमाना हुदै खहरे , बुकुनी, गर्जाङ हुदै बग्ने खिम्ति घ्वाङ खोलामा निर्माण हुन लागेको निलगंगा हाइड्रोपावर कम्पनीको सार्वजनिक सुनुवाई बुधबार स्थानियले बहिष्कार गरेपछि स्थगित भएको हो ।
९ मेगावाटको जलविद्युत उत्पादनको लागी गैर जिम्मेवार व्यतिको उपस्थिति र हिमालयउर्जा विकास कम्पनी लिमिटेडको रोवहरमा सार्वजिक सुनुवाई हुने भनी मंगलबार सुचना प्रकाशन गरिएको र केही सिमित व्यक्तिमा मात्र गोप्य रुपमा सार्वजनिक सुनुवाई गर्न लाग्दा स्थानियहरूले विरोध जनाएपछि सुनुवाई स्थगित भएको स्थानिय श्याम कुमार कार्कीले जानकारी दिनु भयो । हिमालय उर्जा कम्पनी र निलगंगा हाइड्रोपावर कम्पनीको सञ्चालक समिति एउटै भएकाले हिमालय उर्जा कम्पनीले हाइड्रोपावर बनाउने क्रममा चुचुरे र जिरी नगरपालिकाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दासँग गरेका सम्झैता पूरा नगरेको भन्दै स्थानियले सुनुवाई बहिष्कार गरेका हुन् । उत्त सम्झैता कार्यन्वन नभएसम्म कम्पनीको सुनुवाई तथा कुनै पनि काम अघि बढ्न नदिने कार्कीले बताए ।
यस अघि हिमालय उर्जा कम्पनीले खोलामा १० प्रतिशत पानी छाड्ने सम्झैता राखेका तर हाल खोला सुकाएर जलचर प्राणीलाई असर परेको , वनजङ्गलमा फडानी भई स्थानियलाइ घाँस ,दाउरा गाँइ चराउँन समेत असर परेको भन्दै स्थानिय आक्रोश भएको श्याम कुमार कार्कीले बताए ।
प्रश्चात नयाँ काम शरू गर्न दिने स्थानियको भनाई छ । करिब ३ सय जना स्थानियबासी उपस्थित भई सुनुवाई बहिष्कार गरेका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend