logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते हुँदै


  • जन आकाश
  • शुक्रबार, पुष २२ २०७९

 



काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड (२०७९ माघ ६ )गते शुक्रबार चलचित्र बिकाश बोर्डको प्रेक्षालयमा हुने भएको छ।

बिगत १ बर्ष देखि हुदैं आएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु,फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड (२०७९ यस बर्ष पनि हुने भएको हो। सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर,ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा(मेकअप,हेयर,नेल,फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ अवार्ड तथा सम्मान गरिने आयोजक कमिटिका संयोजक सुर्य चन्दले जानकारी गराएका छन्।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न सुरु गरिएको हो।

अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ । भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिशिष्ठ कलाकार, समाजसेवी, संचारकर्मी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend