जन आकाश
काठमाडौ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको रु १०० अकिंंत दरको २,४०,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमाबसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको शेयरहरु मिति २०७९/ ०८/ २३ गते देखि मिति २०७८/०९/०८ गते सम्म आवेदन खुल्ला गरेकोमा आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट जम्मा ८,८०७ जना आवेदकहरुबाट ७,७४,२३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सिआश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७,३६० कित्ता शेयरको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको ८,२५९ जना आवेदकहरुको ७,२६,८७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता शेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता शेयरको आवेदन प्राप्त भएकोले आज मिति २०७९/०९/२२ गते शुक्रबारका दिन १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदनदिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता शेयर बाँडफाँड गरीएको र बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता शेयर आवेदन दने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend