logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चन्द्रागिरि हिल्सको अध्यक्षमा ढकाल


  • जन आकाश
  • शनिबार, पुष २३ २०७९

 



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको मिति २०७९ पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा क्र्रमश हेमराज ढकाल उत्तमकुमार नेपाल, कल्याण गुरुङ्ग ू, तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

सोहीदिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । नव निर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गर्नु भएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend