logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गोकुलगंगा गाउँपालिकामा विकासले गति लिईरहेको छः प्रशासकीय अधिकृत थापा


  • जन आकाश
  • शनिबार, पुष २३ २०७९

मोहन कार्की ।



रामेछाप । रामेछाप जिल्लाको स्थानीय निकायहरु मध्यको सुन्दर र सफा हावापानी मिलेको भुगोल पनि मिलेको साथै सम्भावना बोकेको र गएको ५ बर्षमा सवैभन्दा रामेछापको नमुनाको रुपमा विकास भएको गाउँपालिका हो गोकुलगंगा गाउँपालिका यस गाउँपालिकामा भौतिक पुर्वधारहरु जस्तै खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, स्थानीय निकायका भवनहरु, चेतनाकोस्तर लगायत थुप्रै उदारणीय कामहरु सम्पन्न भएका छन् । १५ सैयाको पालिकास्तरीय अस्पताल रसनालुमा स्थापना भएको छ ।पालिकाको अत्याधुनिक पालिका भवन निर्माण सम्पन्न भएर त्यही आधुनिक भवनवाट पालिकाको प्रशासनिक काम भईराखेको छ । गोकुलगंगा गाउँपालिकामा ६ वटै वडा जस्तै चुचुरे, ठोसे, रसनालु, बेताली, नमाडी, फर्पु सवै वडामा वडा कार्यलयहरु आरसिसि अत्याधुनिक भवन निर्माण सम्पन्न गरिएको छ । सवै वडाहरुमा शिक्षाको लागि स्कुल, कलेजहरु पक्की भवन निर्माण सकेर सञ्चालनमा छन् । फर्पु खोलादेखि नमाडीम्म सकड कालोपत्रे भईसकेको छ । बाकी रहेको नमाडी देखि चुचुरे गर्जाङसम्म कालोपत्रे गर्न प्रदेशको बजेटमा काम भईरहेको छ । अन्य वडाहरुमा कच्ची र सोलिङ गरेका सडकहरु लगभग सवै घरमा  पुगेको अवस्था छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) का खड्क बहादुर सुनुवारले विजय हाशिल गरी माथि उल्लेखित विकास गर्ने र पालिकाको नेतृत्व गर्ने साथै आफ्नो क्षमता देखाउने अवसर पाएका थिए ।खडक सुनुवारकै पालामा माथिका विकास भइसकेका छन् । २०७९ बैशाखमा भएको निर्वाचनमा नेपाली काँग्रेसवाट काजी बहादुर खड्का निर्वार्चित भएका छन् । उनैको नेतृत्वमा गाउँपालिका अगडी बढीरहेको छ । काजी बहादुर खड्का निर्वाचित भएर आईसकेपछि पनि विकासले गति लिने काजी बहादुर खड्काले जनआकाशको संवादमा बताउदै आएका छन् । उनले भनेका छन् । “शिक्षामा बढी प्रथामिकता दिने र मानिसहरुलाई आफ्नै गाउँमा अड्याउने तरिका अपनाउन मेरो बढी ध्यान केन्द्रीत हुनेछ ।”

यही समयमा गोकुलगंगा गाउँपालिकालाई हाक्न कार्यकारी प्रमुख होम बहादुर थापा आएका छन् । उनको भनाईमा “विगतको विकासलाई सँगसँगै वर्तमानमा पनि निरन्तरता दिने थप सम्भवानाहरु खोज्ने त्यसमा कार्यकारीको भुमिका भनेको कार्यपालिकाले बनाएका नीतिहरुलाई कार्यन्वयन गर्ने हो । गाउँपालिकामा कार्यपालिका र याहाका जनप्रतिनिधिहरु पनि विकासप्रेमी नै भएको हुनाले गोकुलगंगा गाउँपालिकाले विकासको गति लिईरहेको छ” भन्ने भनाई हाम्रा जनआकाश मिडियाका टिमसँग कुराकानी गर्ने क्रममा बताएका हुन् ।

त्यसकार गोकुलगंगा गाउँपालिकाले विकासको गतिमा तिव्रता पाउने आशा गर्न सकिन्छ त्यो केही समय पछि रिजल्ट अर्थात परिणामले निर्धारण गर्ने नै छ । गोकुलगंगाका आम नागरिक विकासले तिव्रता पाउनेमा विश्वास गरिराखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend